दक्षिण कोरियाको क्युएस रेमिटबाट हिमाल रेमिट सेवा शुरु, कोरियाका नेपालीलाई सजिलो

  २०७४ माघ २५ गते १७:४४     विकासन्युज

काठमाडौं । हिमालयन बैंक लिमिटेड र एनएनपी कोरिया कम्पनी लिमिटेड (क्युएस रेमिट) बीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भई रेमिट्यान्स कारोबार शुरु भएको छ । दक्षिण कोरियाको दोङ्देमुन स्थित क्युएस रेमिटको केन्द्रिय कार्यालयबाट नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटी तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर जबराले उक्त सेवाकाे कारोबार शुरु गरेका हुन् ।

क्युएस रेमिटका कम्पनी अध्यक्ष लि जोङ्ग टिइगले यस सहकार्यबाट दक्षिण कोरियामा कार्यरत नेपालीहरुले सरल र सुरक्षित विप्रेषण सेवाको उपभोग गर्न पाउने जानकारी दिएका छन् ।

दक्षिण कोरियाको बैंक बाहेक रेमिट्यान्स कारोबार गर्न स्वीकृति प्राप्त रेमिट्यान्स कम्पनी मध्ये एक क्युएस रेमिट मार्फत नेपाल आउने विप्रेषण हिमालयन बैंकको ४७ वटै शाखा तथा ८ हजार ५ सयभन्दा बढी हिमाल रेमिट काउन्टरबाट सजिलै भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

यस सम्झौताबाट दक्षिण कोरियामा कार्यरत करिब ४० हजार नेपालीहरुले सरल र सुरक्षित विप्रेषण सेवाको उपभोग गर्न पाउने बैंकले जनाएको छ ।

हिमालरेमिट बैकको आफ्नै अनलाइन रेमिट्यान्स सेवा हो जसको विश्वभरि ९० भन्दा बढी अन्तराष्ट्रिय व्यावसायिक साझेदारहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.