अर्थतन्त्रसँगै संस्कृति विस्तारमा आक्रामक चिनियाँ नीति, यसरी फैलँदैछ चिनियाँ भाषा

  २०७४ माघ २२ गते १०:३७     विकासन्युज

काठमाडौं । विश्वको ठुलो अर्थतन्त्र बन्ने दौडमा रहेको चीनले अर्थतन्त्रसँगै सांस्कृतिक विस्तारलाई पनि महत्वका साथ अघि बढाईरहेको छ । चीनले आफ्नो संस्कृति विस्तारको प्रमुख अस्त्रका रुपमा भाषा शिक्षणलाई अघि सारेको छ । नेपालमा पनि चिनियाँ भाषा अध्ययन गर्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ भने शहरका चोक र गल्लीहरुमा चिनियाँ भाषा सिकाउने संस्थाहरुको संख्या पनि दिनानुदिन बढ्दै गएको देखिन्छ ।

नेपाल चीन मैत्री संघका अध्यक्ष अनुपरञ्जन भट्टराईका अनुसार नेपालमा हाल एक सय विधायलहरुमा चिनियाँ भाषा अध्यापन सञ्चालन भहिरहेका छन् । चिनियाँ भाषको एच एस के को लेबल तिन पास गरेपछि इस्कलरसिपमा पनि चिन जान पाहिन्छ । इस्कलरसिपमा चिन जानका लागि पढाइमा राम्रो प्रतिशत ल्याएकालाई प्राथमिकता दिने गरेको छ । एच एस के को लेबल तिन पास गर्न एक वर्ष देखि १८ महिना सम्म लाग्ने गरेको छ । कक्षा ६ देखि १० सम्म एच्छिक विषयमा चिनियाँ भाषा पठन पाठन भहिरहेका छन् । अब कक्षा ११ र १२ मा पनि ऐच्छिक विषयको रुपमा राख्न पहल भैरहेको छ । विभिन्न कन्सल्टेन्सीबाट बार्षिक ५ हजार नेपालीले चिनियाँ भाषा अध्ययन गर्दै आएका छन् ।

तीमध्ये एक हजार नेपाली रोजगारीका लागि चिन जाने र बाँकी अरुले चीनबाट आएका पर्यटकलाई घुमाउने गरेका छन् । नेपालमा नै चिनियाँ होटल, रेष्टुरेन्ट, क्याफेहरु संञ्चालमा आएकाले पनि चिनियाँ भाषा जानेकालाई राम्रो तलव, सेवा सुविधा सहित रोजगारी पाहिरहेका छन् । नेपालमा आज भान्दा १२ वर्ष अघि चिनियाँ भाषा सिकाउनका लागि क्नफ्उसेस कन्सलटेन्सी स्थापना गरिएको थियो । विश्व भरि नै चिनियाँ कम्पनीहरु खुलेकाले चिनियाँ भाषा सिकेकाहरुले विश्वको जुनसुकै देश गए पनि रोजगारीका लागि दुख पाएका छैन्न । विश्वमा सबै भन्दा बढि बोलिने अग्रेजि भाषा पछि दोस्रो स्थानमा चिनियाँ भाषाले लिईरहेको छ । यसरी चिनियाँ भाषाको विस्तार हुनुमा उसको उत्पादन विश्व भर पुग्नु पनि हो । नेपालमा हाल सय जना चिनियाँ शिक्षकहरुले भाषा सिकाई रहेको भट्टराईले बताए ।

विश्व भाषा अध्यन केद्रका भाषा प्रशिक्षक हरिहर कार्कीका अनुसार प्रति महिना २० देखि ३० जना चिनियाँ भाषा अध्ययन गर्न आउने गरेका छन् । उनले विश्व राजनीतिक मञ्चमा उदयिमान शक्तिका रुपमा स्थापित हुँदै गरेको चीनले आफ्नो भाषाको विस्तारलाई पनि रणनीतिक महत्वका साथ अघि बढाएको पनि बताए ।
नेपालले कूटनीतिक संवादका क्रममा पनि चिनियाँ भाषा नजाने कै कारण कठिनाई भोग्नुपरेको कार्कीको बुझाई छ । उनले पछिल्लो समय नेपालमा चिनियाँ पर्यटकको आगमनमा वृद्धि, चिनियाँ लगानीका परियोजनाहरुको संख्या बढ्नु र चीनमा अध्ययन गर्ने जाने क्रम पनि बढेको छ र त्यसले चीनियाँ भाषाको महत्वलाई अझै बढाएको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.