साढे १८ सय जनालाई सेनामा जागिर खुल्यो, योग्यता ८ पासदेखि एसएलसीसम्म

  २०७४ माघ २१ गते १३:०९     विकासन्युज

काठमाडौं । नेपााली सेनाले विभिन्न पदहरुमा १८ सय ५१ जनालाई जागिर खुलाएको छ । सेनाले पण्डित हुद्दा, अमल्दार, ड्राइभर, कुचिकार, चर्मकर्मी, सुचिकार, लोहकार, केशकर्तक, धोवी, सिकर्मी, र ब्रास ब्याण्डको लागि कर्मचारीहरु मगेको हो ।

सेनाको भर्ना छनौट निर्देशनामलय कार्यकारथी विभागले प्रतियोगिताका लागि खुल्ला र समावेशी तर्फका लागि सूचना जारी गरेको छ । प्रतियोगितामा भाग लिने व्यक्तिले पद अनुसार नेपाल सरकारको मान्याता प्राप्त शैक्षिक संस्थाबाट कक्षा आठ देखि एसएलसी सम्म पास गरेको हुनुपर्छ ।

निर्देशनालयले फारम भर्नका लागि माघ २१ गते देखि फागुन २१ गतेसम्म र सम्पर्क मिती फागुन ३० गते तोकेको छ ।

यस्तो छ माग संंख्या रहेका सैनिक कार्यलयहरु:

१.भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डा -३६१ जना
२.पुर्वी पृतना हेड क्याटर, ईटहरी -१०० जना
३.पशुपति प्रसाद गण ईलाम -६० जना
४.रणबम गण भोजपुर -६० जना
५. मध्य पुर्वी पृतना हेड क्वाटर -६० जना
६. इन्द्रबक्स् गण रौतहट -९० जना
७. भीमदल गण, सप्तरी -५० जना
८.९ बाहिनी अड्डा, सिन्धुली -६० जना
९.मध्य पृतना हेड क्वाटर, हेटौडा -९० जना
१०.महिन्द्रलाल गण, चितवन -७० जना
११.पश्चिम पृतना हेड क्वाटर, पोखरा -१०० जना
१२.२३ बाहिनी अड्डा,बाग्लुङ्ग -६० जना
१३. श्री जंग गण, लमजुङ्ग -७० जना
१४. मध्य पश्चिम पृतना हेड क्वाटर, रुपन्देही -१०० जना
१५. गोरखबक्स गण, प्युठान -५० जना
१६. शिवदल गण बर्दिया -६० जना
१७. उत्तर पश्चिम पृतना हेड क्वाटर, सुर्खेत -१०० जना
१८.२४ बाहिनी अड्डा,जुम्ला -५० जना
१९. रणसुर गुल्म, कालिकोट -५० जना
२०. सुदुर पश्चिम पृतना हेड क्वाटर, दिपायल -९० जना
२१. २५ बाहिनी अड्डा कञ्चनपुर -६० जना
२२. दुर्गाबक्स गण, अछाम -६० जना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.