ग्लोबल आइएमई बैंकको थप ३ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

  २०७४ माघ १८ गते १७:००     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो थप ३ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले हालै आफ्नो ६६औँ शाखा कपिलबस्तुको जगदिशपुरमा, ६७औँ शाखा नवलपरासीको झ्यालबास र हसौरामा ६८ औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो ।

बैंकले कपिलबस्तुको जगदिशपुरमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानिय जगदिश गुप्ता, नवलपरासीको झ्यालबासमा खोलिएको सेवाको लागि स्थानिय जुद्घबहादुर थापा र नवलपरासीको हसौरामा खोलिएको सेवाको लागि स्थानिय अमित भण्डारीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा-टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

हाल बैंकको ११३ वटा शाखा, १२७ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर सञ्चालनमा रहेका छन् । साथै, बैंकले आजबाट ६८ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.