खल्ती र ओयोबीच सम्झौता, होटल बुकिङ्ग गर्न सजिलो

  २०७४ माघ १४ गते १८:१६     विकासन्युज

काठमाडौं । नेपाली बजारमा चल्तिमा रहेको डिजिटल वालेट एवम् पेमेन्ट गेटवे खल्ती र चेन होटल सर्भिस ओयोबीच सम्झौता भएको छ । उक्त सम्झौता अन्तर्गत नेपालीहरुलाई होटल बुकिङ्गमा निकै सजिलो हुने छ ।

साथै, यस सम्झौताले ओयोका नेपालमा रहेका ग्राहकवर्गलाई होटलको बुकिङ्ग र भुक्तानी खल्ती एप र वेभसाईट दुबै माध्यमबाट गर्न मिल्ने कम्पनीले जनाएको छ ।

यी दुई बीचको सहकार्यद्धारा छिटो र सुरक्षित डिजिटल पेमेन्टले नेपालीहरु माझ होटल बुकिङ्गमा रहेको मुख्य चुनौति समाधान हुने कम्पनीको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.