मेडिकल कलेजहरुको मनोमानी असुली प्रति डिन कार्यालयको आपत्ति,बढि शुल्क नलिन र नदिन चेतावनी

  २०७४ माघ १४ गते १४:५१     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्व विद्यालय अन्तर्गतका मेडिकल कलेजहरुले तोकिएको भन्दा बढी रकम असुली गर्न थालेपछि डिनको कार्यालय तातेको छ । तोकिएको मापदण्ड भन्दा बढि शुल्क असुलेको तथ्य सार्वजनिक भएपछि डिनको कार्यालयले विज्ञप्ति नै निकालेर बढि शुल्क नलिन चेतावनी दिएको छ । कार्यालयले बढि शुल्क नतिर्न अभिभावक तथा विद्यार्थीहरुलाई समेत आग्रह गरेको छ ।

डिन कार्यालयको ओपन हाउस काउन्सिलिङ्गले विद्यार्थीहरुले पहिलो किस्ता वापत जम्मा गरेको ५० प्रतिशत रकममा अतिरिक्त शुल्क जोडिएको पाइएपछि सक्रियाता बढाएको हो । यसअघि सरकारले मेडिकल कलेजहरुलाई उपत्याकाभित्र साढे ३८ लाख र उपत्याका भन्दा बाहिर ४२ लाख ४५ हजार शुल्क निर्धारण गररेको थियो । निर्धारण शुल्कमा परीक्षा शुल्क, छात्रावास शुल्क र खाना शुल्क बाहेक अन्य सबै शुल्क जोडिएको हुन्छ ।

डीन कार्यालयमा विद्यार्थीहरुले रोजेका शिक्षण संस्थाले तोकिएको भन्दा बढी रकम दिन दवाब दिदै आएको भन्ने गुनासो बढ्दै गएपछि डिनको कार्यालयले यस विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । साथै तोकिएका शीर्षक बाहेक कुनैपनि शीर्षकमा रकम नतिर्न र नतिराउन डिनको कार्यालयले अभिभावक तथा कलेजलाई आग्रह गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.