अब उद्योग परिसंघ पनि महासंघीय मोडलमा, देशैभर संगठन विस्तार गर्ने

  २०७४ माघ १३ गते १८:०१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघ पनि महासंघीय ढाँचामा अघि बढ्ने भएको छ । मन्त्रिपरिषदले संसोधित विधान स्वीकृत गरेसँगै परिसंघलाई पनि महासंघीय ढाँचामा जान बाटो खुलेको हो । अब नीजी क्षेत्रका तीन वटा छाता संगठनहरुले देशभैर संगठन निर्माण गर्नेछन् । नेपाल उद्योग बाणिज्य महासंघले महासंघीय ढाँचामा देशभर संगठन विस्तार गरेको छ भने चेम्बर अफ कमर्शले पनि विधान संसोधन गरेर देशभर फैलने निर्णय गरिसकेको छ ।

अब परिसंघले पनि देशभरका उद्योगीहरुलाई संगठित गर्न लागेको हो । परिसंघले देशको सातओटै प्रदेशमा प्रदेश परिसंघ गठन गर्ने प्रकृयालाई अघि बढाउन लागेको छ । परिसंघले उपाध्यक्ष पदमा सुलभ अग्रवाललाई मनोनित गरेको छ । त्यस्तै महिला उद्यमीहरुका तर्फबाट छाया शर्मा र रिता भण्डारीलाई मनोनित गरेको छ ।

त्यस्तै, आशिष गर्ग, हेमन्त गोल्छा, मनिष खेम्का,रविन्द्र भक्तश्रेष्ठ, ऋिषी घिमिरे, शरद तिवरेवाला, शिषिर भट्ट र सुधीर मित्तल केन्द्रिय सदस्य बनेका छन् ।
साथै “प्रदेश परिसंघ”को गठन सातओटै प्रदेशमा गर्ने गरी प्रत्येक प्रदेशमा एक÷एकजनालाई संयोजक तोक्ने निर्णय सहित प्रदेश संयोजक समेत मनोनयन गरेको छ ।

प्रदेश (१) मीनप्रकाश मैनाली (झापा),
प्रदेश (२) नरेश दास (जनकपुर),
प्रदेश (३) ऋषी घिमिरे (हेटौडा),
प्रदेश (४) विनोद न्यौपाने (पोखरा),
प्रदेश (५)एजाज आलम (बुटवल),
प्रदेश (६) टेक बहादुर भण्डारी (सुर्खेत) र
प्रदेश (७) हेम विक्रमथापा (कञ्चनपुर) रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.