सेढाइलाई चेम्बरको सम्मान

  २०७४ माघ ११ गते १८:४०     विकासन्युज

काठमाडौं। ६६ औं अन्तर्राष्ट्रि भन्सार दिवसको संघारमा नेपाल चेम्बर अफ कमर्शले भन्सार प्रशासनमा उत्कृष्ट काम गरेबापत सुख्खा बन्दरगाह वीरगञ्जका प्रमुख भन्सार अधिकृत सूर्य सेढाईलाई सम्मान गरेको छ । बिहीबार राजधानीमा चेम्बरले गरेको एक कार्यक्रममा उनलाई अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमाण–पत्र प्रदान गरी सम्मान गरेका थिए ।

कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निजी क्षेत्रसँंग सहकार्य गरेर मुलुकलाई आर्थिक समृद्धिको लागिअघि बढाउने बताए ।

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भन्सारको सहजीकरणमा विशेष जोड दिनुपर्ने बताए । आधुनिक प्रविधिको विकाससँंगै घरबाटै राजश्व तिर्न सक्ने गरी ईकमर्सको व्यवस्था हुनु पर्नेमा उनको जोड थियो ।

सवै व्यवसायीलाई एउटै नजरले हेरेर सरकारले व्यवहार गर्न नहुने भन्दै राम्रोलाई प्रोत्साहन गर्नु पर्ने उनकोे भनाइ थियो ।

कार्यक्रममा अर्थ राज्य मन्त्री उदय शमशेर राणा, राजश्व सचिव शिशिर कुमार ढंगाना, भन्सार विभागका महानिर्देशक जगदीश रेग्मी, नेपाल चेम्वर भन्सार विभागका सभापति निरज राईलगायतले विविध पक्षबारे चर्चा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.