स्मार्टफोन र ट्याबलेट बिक्री गर्दै आएको हुवावेले, अब म्याटबुक ल्याउदै

  २०७४ माघ ७ गते १९:३३     विकासन्युज

काठमाडौं। लोकप्रिय ब्राण्ड हुवावेले अब म्याटबुक भित्र्याउने भएको छ । अहिलेसम्म नेपालमा स्माटफोन र ट्याबलेट बिक्री गर्दै आएको हुवावेले ग्राहकहरुको माग र रुचिलाई ध्यानमा राखेर म्याटबुक भित्र्याउन लागेको हो ।

नेपालको लागि हुवावेको आधिकारीक बिक्रेता कल मोबिलिटीका मार्केटीङ म्यानेजर रोशन न्यौपानेले हुवावेले भित्र्याउने म्याटबुक ‘क्यान इन्फोटेक’ मेलाको अवसरमा सार्वजनिक गरिने बताए । ‘सार्वजनिक गरिने म्याटबुकको मूल्य १ लाख ७० हजार रुपैयाँको हाराहारीमा हुनेछ,’ उनले भने ‘हालसम्म हुवावेले स्मार्टफो, ट्याबलेट बिक्री गर्दै आएकोमा ग्राहकहरुको माग अनुसार अब म्यटबुक बिक्री गर्न लागेको हो ।’

म्याटबुक झन्डै ल्यापटप जस्तै हुन्छ । म्याटबुकमा टचस्क्रीन हुन्छ भने, ल्यापटपमा हुदैन । साथै म्याटबुक ल्यापटभन्दा पातलो हुन्छ । बोक्नको लागि सजिलो हुन्छ ।

सार्वजनि गरिने म्याटबुकको बारेमा विस्तृत जानकारी नजिकिदै गरेको क्यान इन्फोटेक मेलामा गरिने मार्केटीङ म्यानेजर न्यौपानेको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.