प्राकृतिक स्रोत वित्त आयोगले थाल्यो काम

  २०७४ माघ ७ गते १८:२५     विकासन्युज

 

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले काम थालेको छ । सरकारले कामू सचिवमा वैकुण्ठ अर्याललाई पठाएपछि आयोगले औपचारिक रुपमा काम थालेको हो ।

 

आइतबारदेखि आयोगको काम सुरु भएको सचिव अर्यालले बताए । आजदेखि औपचारिक रुपमा कार्यलय सञ्चालनमा आएकाले अब आयोगको काम सुरु भएको उनको भनाई छ ।

आयोगको अध्यक्ष र सदस्य नियुक्त हुन बाँकी छ । सरकारले संघीयता कार्यन्वयनका लागि संवैधानिक व्यवस्थाअनुसार प्राकृतिक स्रोत बाँडफाँड गर्नका लागि आयोग गठन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.