सनराइज बैंकको थप तीनवटा शाखा विस्तार, शाखा संख्या ७५ पुग्याे

  २०७४ माघ ७ गते १८:२२     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले आईतबार आफ्नो तीनवटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले एकैदिन पर्साको बिन्दबासिनी, ताप्लेजुङ्गको मौवाखोला र बाकेँको नरैनापुरमा एक समारोहका बीच उद्घाटन गरेको छ ।

विन्दवासिनी गाउँपालिका अध्यक्ष लालसाह कानु र वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारीले विन्दवासिनी शाखा र मौवाखोला गाउँपालिका अध्यक्ष राज कुमार थात्लुङ र बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपालले मौवाखोला शाखाको संयुक्त रुपमा उद्घाटन गरेका छन् । त्यसैगरी, नरैनापुर गाउँपालिकाका अध्यक्ष इसितियाक अहमद शाह र नेपाल राष्ट्र बैंक नेपालगञ्जका संचालक गुरु पौडेलले नरैनापुर शाखाको उद्घाटन गरेका छन् ।

यी तीन शाखा समेत बैंकको शाखा संख्या ७५ वटा पुगेको छ । साथसाथै, बैंकको नेपाल अधिराज्य भर ९१ वटा एटिएम, ३ वटा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा २० वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । सम्भावित क्षेत्रमा आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउने अभिप्रायले चाँडै नै थप शाखाहरु संचालन गर्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.