सिद्धार्थ बैंकले एकैदिन खोल्यो ४ नयाँ शाखा, गठ्ठाघर शाखाको स्थानान्तरण

  २०७४ माघ ७ गते १८:१०     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले एकैदिन ४ वटा नयाँ शाखा स्थापना गरेको छ । बैंकले आइतबार मात्रै सुनसरीको गढि गाउँपालिका, काभ्रेको रोसी गाउँपालिका, रुपन्देहिको मर्चवारी गाउँपालिका र तनहुको देवघाट गाउँपालिकामा नयाँ शाखा स्थापना गरेको हो ।

यी शाखाहरु मार्फत नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको नीति निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको संचालन हुनेछ । त्यस्तै यी शाखाहरुबाट बैंकका अन्य शाखाहरुबाट जस्तै सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् ।

साथै, यी शाखाहरुबाट स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशिलताको वृद्घि जस्ता आर्थिक गतिविधि बढ्ने विश्वास बैंकले लिएको छ । बैंकले निकट भविष्यमा नै बैंकिङ्ग पुहँच नपुगेका अन्य थप १० गाउँपालिका तथा नगरपालिकामा समेत शाखा विस्तार गर्ने योजना बनाएको छ ।

विभिन्न नयाँ शाखाहरुको स्थापनाका साथै बैंकले गठ्ठाघर शाखालाई गठ्ठाघरमै अवस्थित नयाँ आधुनिकतम भवनमा स्थानान्तरण गरेको छ । बैंकले छिटो, सरल र सहज बैंकिङ्ग सेवा ग्राहक समक्ष पुर्याउने उद्देश्यले उक्त शाखाको स्थानान्तरण गरेको हो । आइतबार एक कार्यक्रमकाबीच बैंकको प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले उक्त शाखा स्थानान्तरण कार्यक्रमको उद्घाटन गरेका हुन् ।

हालै सञ्चालनमा आएका शाखाहरु सहित बैंकले देशभर ३ एक्स्टेन्सन् काउन्टर, ८६ वटा शाखा, १०५ एटीएम, ९९ शाखारहित बैंकिङ्ग सेवा र ६५० भन्दा बढी पीओएस् मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

आर्थिक वर्ष २०७४/०७५ को पुस मसान्तसम्म बैंकले कुल निक्षेप ८५ अर्ब ५७ करोड रुपैयाँ र कर्जा लगानी ७६ अर्ब ९५ करोड रुपैयाँ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.