६ सय मिटर लामो ट्रयाकको डर्ट बाइक रेसमा कार्कीले बाजी मारे

  २०७४ माघ ७ गते १८:१९     विकासन्युज

काठमाडौं। डर्ट बाइक रेस प्रतियोगिता ‘मोटो ट्रयाक २०७४’ मा प्रशान्त जङ्ग कार्कीले बाजी मारेका छन् । ललितपुरको सुनाकोठी स्थित मोटो ट्रयाकमा शनिबार सो रेस प्रतियोगिता सम्पन्न भएको थियो ।

विनोद कठायत र भीम होना क्रमशः फस्र्ट रनर अप र सेकेन्ड रनर अप भएका छन् । प्रोपर सेफ्टी गियरको उपाधि आशीष कुमार शाक्य र प्रवीण जङ्ग कार्कीले, पब्लिक च्वाइसको उपाधि दोर्जे छेवाङले र बेस्ट राइडरको उपाधि दीपेश क्षेत्रीले जितेका छन् ।

मोटर स्पोर्ट्स नेपाल र सुनाकोठी युथ एशोसिएशनको आयोजनामा सम्पन्न सो प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य राजकाजी महर्जनले गरेका थिए । १५० देखि २५० सिसीसम्मका डर्ट बाइकको रेस भएको थियो ।

ब्यक्तिगत रुपमा प्रतिस्पर्धा भएको प्रतियोगितामा क्रसफायर, क्रस एक्स, होन्डा, रिजु, यूएम, एसियन बिस्ट र बीएसई लगायतका नेपालमा भएका सबै डर्ट बाइक कम्पनीहरुको सहभागिता रहेको थियो । आयेजनका अनुसाार प्रतियोगिताका लागि ६ सय मिटर लामो ट्रयाक निर्माण गरिएको थियो ।

मुख्य प्रायोजक एसियन अटोमोबाइल्स रहेको प्रतियोगिताको विजेताहरुलाई नगद पुरस्कारका साथै पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको गियर ग्याजेट्स नेपालका इभेन्ट म्यानेजर विनोद तण्डुकारले जानकारी दिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.