आइएमई फाउन्डेशनद्धारा शितलहर प्रभावितलाई ब्ल्याङ्केट वितरण

  २०७४ माघ ७ गते १७:२९     विकासन्युज

तराई । आइएमई फाउन्डेशनले विगत केहि दिनदेखि तराईंका विभिन्न स्थानमा चलेको शितलहरले प्रभावितहरुका लागि  ब्ल्याङ्केट वितरण गरेको छ । प्रभावित घरपरिवारका सदस्यहरुलाई तत्काल राहत होस् भन्ने उद्देश्यका साथ यस फाउन्डेशनले तराईका आर्थिक रुपमा विपन्न एक सय घरपरिवारलाई ब्ल्याङ्केट वितरण गरेकाे हाे ।

आइएमई फाउन्डेसनबाट खटिएका प्रतिनिधिहरु र आइएमई ग्रुपका स्थानीय व्यवसायीक साझेदारहरुले सिरहास्थित गोलबजार नगरपालिका-०३, जम्दह रकल्याणपुर नगरपालिका-०७, भेडियाका साथै सप्तरीस्थित राजविराज नगरपालिका-०९,मलेठ र खड्क नगरपालिका-०३, बानरझुलामा रहेका प्रभावित घरपरिवारलाई साे मात्राकाे ब्ल्याङ्केट वितरण गरेको हाे ।

आइएमई फाउन्डेशनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शितलहरले प्रभावित परिवारहरुलाई राहत वितरण गर्ने निर्णय गरेको थियो ।

आइएमई फाउन्डेशन मिति २०६६ सालमा दर्ता भएको संस्था हो । आइएमई ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धितक्रियाकलाप यही फाउन्डेशनमार्फत् गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.