साकुरा सेभिङ्गको प्रधान कार्यालय चावहिलको चुच्चेपाटीमा

  २०७४ माघ ७ गते १३:५५     विकासन्युज

काठमाडौं । साकुरा सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि.ले आफ्नो प्रधान कार्यालय चावहिलको चुच्चेपाटीमा उद्घाटन गरेको छ । दश वर्ष अगाडी काठमाडौंको स्रोह्रखुट्टेबाट सेवा सुरु गरेको यस संस्थाले शनिबार चावहिलको चुच्चेपाटीमा एक समारोहकाबिच उक्त कार्यालयको औपचारिक उद्घाटन गरेको हो । उक्त कार्यालयको उद्घाटन गरिबी निबारण तथा सहकारी मन्त्री अम्बिका बस्नेतले गरेका हुन् ।

यस संस्थाको सेयर पुँजी २ करोड र चुत्ता पूँजी १ करोड रुपैयाँ रहेको छ । साथै, संस्थाको कारोबार ७ करोड रुपैयाँ रहेको को-अपरेटिभका कोषाध्यक्ष गोबिन्द कार्कीले जानकारी दिए ।

गरिबी निवारण तथा सहकारी मन्त्री अम्बिका बस्नेतले नेपाल जस्तो विकासोन्मुख देशमा सहकारीले महत्वपूर्ण भूमीका खेलेको कुरामा जोड दिएकी छन् । सहकारीले रोजगारीको सृजना गरि बढ्दो वैदेशिक रोजगार घटाउनुका साथै वेरोजगार सृजनामा समेत टेवा पुगेको उनले बताईन् ।

कार्यक्रममा पूर्व मन्त्री तथा सांसद गगन थापाले संख्यात्मक भन्दा गुणस्तरीय सेवा दिनुपर्ने उल्लेख गर्दै सहकारीले परिवर्तीत परिस्थिति अनुसार सेवा सञ्चालन र विस्तार गर्न चुनौती पूर्ण रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.