बैंक र ऋणिबीचको विवाद बढ्दो, पुसमा मात्र ऋण असुली न्यायाधीकरणमा २८ मुद्दा दर्ता

  २०७४ माघ ७ गते १३:३४     खेमराज श्रेष्ठ

काठमाडौं । ऋणि र बैंकबीच विवाद बढ्दै गएको पाईएको छ । ऋणिसँग कर्जा असुल गर्न नसकेपछि पुस महिनामा मात्र ऋण असुली न्यायाधीकरणमा २८ वटा मुद्दा दर्ता भएका छन् । हरेक महिना यस्तो मुद्दा थपिने क्रम बढ्दै गएको न्यायाधीकरणका अध्यक्ष मान बहादुर अर्यालले बताए ।

पुस महिनामा नेपाल क्रेडिट कमर्स (एनसीसी) बैंकले मात्र २१ ओटा मुद्दा दर्ता गरेको हो । विभिन्न विकास बैंकहरु मर्जभएपछि ती बैंकसँग सम्बन्धित कर्जामा विवाद बढी देखिएको बैंक सम्बद्ध स्रोतले बतायो ।

न्यायाधीकरण मुद्दा दर्ता शाखाका अनुसार मुद्दा दर्ता गर्नेहरुमा नबिल, प्रभु बैंकले २/२ जनता, एनएमबी बैंकले १/१ र आइसीएफसी फाइनान्सले १ वटा मुद्दा दर्ता गराएका छन् ।

आर्थिक वर्ष ०७४्र/७५ को पुस महिना सम्ममा ७८ वटा मुद्दा दर्ता भएको न्याधीकरणका स्रस्तेदार भेषराज कोइरालाले जानकारी दिए । उनका अनुसार गत साउन महिनामा ७, भदौ महिनामा १०, असोजमा १०, कार्तिकमा १६, मंसिरमा ६ र पुसमा सबभन्दा धेरै २८ ओटा मुद्दा दर्ता भएको हो ।

न्यायाधीकरणमा दर्ता भएका ७८ वटा मुद्दामध्ये हालसम्म २८ ओटा मुद्दाको फैसला गरेको छ भने ५ ओटा मुद्दाको मेलमिलाप गरेको नायव सुब्बा शरला शर्माले जानकारी दिइन् ।

अझै ४५ ओटा मुद्दाको फैसला हुन बाँकी रहेका मुद्दा शाखाका होम प्रसाद आचार्यले जानकारी दिए । पुस महिनाको फैसलाबाट न्यायाधीकरणले ५ करोड २० लाख र मेलमिलापबाट यो महिना ३५ करोड ५३ लाख रुपैयाँ उठाएको छ । यस आर्थिक वर्षको पुस महिना सम्ममा मात्रै न्यायाधीकरणले विभिन्न बैंकका ६३ करोड ७० लाख रुपैया ऋण उठाइदिएको छ ।

न्ययाधीकरणका अध्यक्ष मान बहादुर अर्यालले कानूनी रुपमा छिटो छरितो काम अघि बढेको तर बैंकले धितो देखाउन आलटाल गर्ने गरेकाले मुद्दा फैसला हुन समय लाग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.