रेडक्रसद्धारा आपत्कालीन स्वास्थ्य क्लिनिक स्थापना, साेमबारसम्म फिल्ड अभ्यास सञ्चालन हुने

  २०७४ माघ ७ गते १३:२२     विकासन्युज

काठमाडौं । नेपाल रेडक्रसले जुनसुकै स्थानमा तत्कालै आपत्कालीन स्वास्थ्य क्लिनिक स्थापना सम्पन्न गरेको छ । रेडक्रसले विपद् वा सँकटको परिस्थितिमा देखापर्न सक्ने पानीजन्य रोगहरुको उपचार गर्ने उद्देश्यले उक्त क्लिनिक ठाँउठाउँमा स्थापना गरी गरेको हो ।

आपत्कालीन अस्पताल सञ्चालन प्रकृयाको निर्देशिका तयार भैसकेको र सो अनुसार खटिने प्राविधिकहरु र बन्दोवस्तीकर्ताहरुको लागि पहिलो चरणको तालिम सम्पन्न भैसकेको नेरेसो स्वास्थ्य सेवा विभागका निर्देशक मोना अर्यालले जानकारी दिए ।

यस्तो आपतकालीन सेवाको लागि नेपाल सरकारसँग सहमति पत्रमा सम्झौता भइसकेको छ । त्यस्तै, क्यानेडियन रेडक्रस लगायतका विभिन्न सोसाइटीहरुबाट पहिलो चरणको खटाइको लागि परिचालन खर्च प्राप्त हुने निश्चित भैसकेकोे छ ।

क्यानेडियन रेडक्रसका प्राविधिक सँयोजक जुलिया इवामाले २०७२ को भूकम्पको समय देखि नेपालमा स्वास्थ्य सेवा गर्न क्यानेडियन रेडक्रसले गरेको सहयोगको यो निरन्तरता रहेको बताइन् ।

अन्तिम चरणको तालिम समाप्त र फिल्ड अभ्यास सञ्चालन

यसैक्रममा, विभिन्न अस्पतालका स्वास्थ्यकर्मी र रेडक्रसका स्वयँसेवकहरुले गत सोमबारदेखि चितवनमा ५ दिने तेस्रो तथा अन्तिम चरणको तयारी तालिम शनिबार पूरा गरेका छन् । तालिम पूरा भएकै दिनदेखि फिल्ड अभ्यासमा जुटेका छन् । ३ दिन सम्म सञ्चालन हुने फिल्ड अभ्यासको क्रममा मोडल अस्पताल, पाटन अस्पताल र बीर अस्पताल, न्याम्सका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरु, नेरेसकोका कर्मचारी तथा स्वयँसेवकहरुले विभिन्न चरणको तालिमको क्रममा सिकेका विषयहरुलाई कृतिम घटना अभ्यास प्रदर्शन गरे । कार्यक्रममा २९ जना मुख्य सहभागीहरु, प्राविधिक, सिमुलेटर र स्थानीय स्वयँसेवकहरुको सहभागिता थियो ।

फिल्ड अभ्यासको पहिलो दिन शनिबार क्लिनिक सञ्चालनको लागि विरामी प्रारम्भिक परिक्षण गर्ने स्थान, शौचालय सहितको आपत्कालीन बेड रुम, ओपिडि कक्ष, स्टाफ रुम, फार्मेसी जस्ता सेवाको लागि पूर्वाधार खडा गरिएका थियो । त्यस्तै जेनेरेटर, पानी लगायत वन्दोबस्तीको तत्काल व्यवस्था गरी घाइतेको उपचार शनिबारदेखि सुरु गरिएको थियो । दोस्रो दिनसम्म विभिन्न किसिमका ६५ वटा विरामीहरुको परिक्षण अभ्यासको गरिएको छ । विपदको अवस्थामा हुन सक्ने स्वास्थ्य समस्याहरुलाई लिएर विरामीहरुको चाप वढेको सहभागी टीम लिडर शुरक्षा पौडेलले जानकारी दिएका छन् ।

रेडक्रसको अन्तराष्ट्रिय महासँघको एशिया प्यासेफिक क्षेत्रका कोअर्डिनेटर क्याम, फिलिपिन्स रेडक्रसका एल र फ्लोरि, क्यानेडियन रेडक्रसका डा. सेवास्टिन र जुलिया लगायतका विदेशी तथा स्वदेशी गरी २० जना प्रशिक्षकहरुले फिल्ड अभ्यास सहजीकरण गरिरहेका नेरेसोका क्लिनिक कार्यक्रम सँयोजक रश्मि श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.