उद्योगी मनिषकुमार अग्रवालको निधन, निजी क्षेत्र स्तब्ध

  २०७४ माघ ७ गते १०:२१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारणी सदस्य तथा युवा उद्यमी मनिषकुमार अग्रवालको निधन भएको छ ।

३ साताअघि मात्र ब्लड क्यान्सरको संकेत देखिएपछि उनी भारतको मेदान्त अस्पतालमा उपचाररत थिए । उपचारको क्रममा शनिबार राती अग्रवालको निधन भएको पारिवारिक स्रोतले बतायो ।

उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्यमा ४ पटकसम्म निर्वाचित अग्रवालले लुम्बिनी चिनी कारखाना, श्रीकृष्ण आयल रिफाइनरी इन्डष्ट्रिज, वीरगञ्ज प्लाष्टिक उद्योग लगायतका उद्योगहरु सञ्चालन गरिरहेका थिए ।

उनकाे निधनकाे खवरले निजी क्षेत्र स्तप्ध भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.