बुटवल पावरको २ अर्ब ४ करोडको एफपीओ माघ १५ देखि निष्कासन हुँदै, एफपीओमा लगानी गर्नेले लाभांश पाउने

  २०७४ माघ ७ गते ९:१०     विकासन्युज

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) ले माघ १५ गतेदेखि २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको थप निष्कासन (एफपीओ) ल्याउने भएको छ ।

कम्पनीले प्रतिकित्ता ५०१ रुपैयाँमा ४० लाख ८१ हजार कित्ता एफपीअाे निष्कासन गर्न लागेको हो । साधारण सेयर १ सय रुपैयाँमा थप ४०१ रुपैयाँ प्रिमियम थप गरी एफपीओ निष्कासन गर्न लागेको हो ।

एफपीओ निष्कासन बन्द छिटोमा माघ १९ गतेसम्म तोकिएको छ । न्युनतम १० र बढीमा २० हजार ४ सय कित्तासम्म आवेदन दिन पाउने बीपीसीले जनाएको छ ।

एफपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी बढेर २ अर्ब २१ करोड ८६ लाख रुपैयाँ पुग्नेछ । ३७.६ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजना निर्माण गर्न बीपीसीले प्रिमियम मूल्यमा एफपीओ निष्कासन गर्न लागेको हो । कम्पनीमा सरकारको १० प्रतिशत स्वामित्व रहेको छ ।

साथै, कम्पनीले निष्काशन गर्न लागेको उक्त एफपीओमा लगानी गर्नेले पनि लाभांश पाउने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.