ललितपुर मलमा थप ४० मोबाईल सप

  २०७४ माघ ६ गते १७:२५     विकासन्युज

काठमाडौं । ललितपुरको राम्रोे माबाईल हाउसको रुपमा नाम कमाउन सफल ललितपुर मलको दोस्रो तल्लामा रहेको ४० मोबाईल पसललाई वृद्धि गरेर ८० पुर्याउने लक्ष्यका साथ कार्य अगाडी बढिरहेको छ । यस मलले करिब ७० देखि ८० लाख सम्म महिनामा आम्दानी गर्ने गरेको छ ।

मलको सिवव सुजन बज्राचार्य भन्छन, ‘ललितपुरमा ठूलो मोबाईल हाउस एउटै छानामुनि बनाउने उदेश्य लिएर अगाडी बढदै छौँ र यसका लागि पहिलो तल्लामा ४० मोबाईल सप थप गर्ने तयारी गरेका छौं’

मलमा कपडा, जुता, कस्मेटिक, किडस् वेयरहरु , डेन्टल क्लिनिक, बेकरी र कफि सप रहेका छन् । मोबाईल सप आकर्षणको केन्द्विन्दुमा रहे ता पनि छैटौँ तल्लामा रहेको क्लिफ रेष्टेबाट काठमाडौँको दृश्य हेरेर चाईनिज, इनडियन , थाई ,र नेपाली परिकारको मज्जा लिनेहरु पनि धेरै रहेका छन् । यहाँ सम्मेलन हलको पनि व्यवस्था रहेको छ । सिनेमा हल खोल्ने मलको भावी योजना रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.