१ अर्ब बढीको शेयर कारोबार

  २०७४ माघ ६ गते १६:३५     विकासन्युज

काठमाडौं । यस साता धितोपत्र बजारमा १ अर्ब ९ करोड ५४ लाख ८५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार कूल १७० कम्पनीको २४ लाख ६१ हजार छ कित्ता शेयर कारोबार भएको छ ।

 

कारोबार रकम गत साताको भन्दा ३५.९८ प्रतिशत कम हो । गत साता १७४ कम्पनीको १ अर्ब ७१ करोड १२ लाख ८४ हजार रुपैयाँ बराबरका ४१ लाख पाँच हजार २१० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २४.५८ अंकले घटेर अन्तिम दिन १४०६ दशमलव ५२ अंकमा पुगेको छ । यसैगरी समूहगत परिसूचकको उतारचढाव यस प्रकार रहेको छ ।

नेप्से परिसूचक साताको पहिलो दिनको तुलनामा ५.३४ अंकले घटेर २९६ अंकमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावर लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको १९ करोड ८ लाख १० हजार बराबरको शेयर कारोबार भएको थियो ।

कारोबार रकमका आधारमा सानिमा हाइड्रोपावर, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, स्ट्याण्डर्ड चार्टड बैंक र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेका थिए ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि तीन दिन खुला रह्यो । यस साता ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार नभएको स्टकले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.