सिटिजन्स बैंकको नाफा ६२ करोड ८६ लाख, गत बर्षभन्दा ३० लाख कम

  २०७४ माघ ६ गते १२:४०     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले ६२ करोड ८६ लाख नाफा कमाएको छ । बैंकले चालु आर्थिक बर्षको ६ महिनामा सो नाफा कमाउन सफल भएको हो । यद्यपी यो नाफा बैंकले गत आवको सोही अवधीमा कमाएको भन्दा ३० लाखले कम हो ।

गत आवको पुस मसान्तसम्ममा बैंकले ६३ करोड १६ लाख नाफा कमाएको थियो । बैंकले चालु आवको ६ महिनामा ५८ अर्ब २१ करोड निक्षेप संकलन गरेर ५३ अर्ब ३० करोड कर्जा लगानी गरेको देखिन्छ । बैंकले ३ अर्ब २४ करोड ब्याज आम्दानी गरेर २ अर्ब २६ करोड ब्याज खर्च गरेको छ ।

बैंकको खराब कर्जा १.३२ प्रतिशतबाट बढेर १.९४ प्रतिशत पुगेको छ । बैंकको प्रति सेयर आम्दानी १५ रुपैंयाँ ६६ पैसा छ भने प्रति सेयर नेटवर्थ १२४ रुपैंयाँ ८७ पैसा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.