दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा सम्बन्धी दुई दिने गोष्ठी हुने

  २०७४ माघ ५ गते १८:५८     विकासन्युज

काठमाडौं । आइतबार र सोमबार राष्ट्रिय सडक सुरक्षा सम्बन्धी दुई दिने गोष्ठी आयोजना हुने भएको छ ।नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल इन्जिनियर्स एशोसिएसन को संयुक्त आयोजनामा दुई दिने सम्मेलन राजधानीमा हुनेछ ।

नेपाल इन्जिनियर्स एसोसियसनले पत्रकार सम्मेलनको आयोजना गर्दै गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञद्धारा नेपालको सडक सुरक्षाको चुनौति र भावी कार्यानतिको बारेमा कार्यपत्र प्रस्तुत गर्ने छन् । कार्यक्रममा ३ सय जनाले भाग लिनेछन् ।
आयोजकका अनुसार कार्यक्रमलाई नेपाल उद्योग परिसंघ, ट्राफिक प्रहरी निर्देशनालय, गैर आवासीय नेपाली संघ लगायतले समन्वय गरेका छन् ।
कार्यक्रमले नेपालमा हुने सडक दुर्घटनाको न्यूनिकरण गर्दै राष्ट्रिय विकासको परिणाम, दिशा प्रभाहमा सकारात्मक असर पर्ने विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.