सूचिकृत २०७ कम्पनी मध्ये साधारणसभा गर्ने ६१ वटा मात्र, कसकाे लाभांश कति ?

  २०७४ माघ ५ गते १८:०७     मञ्जरी पाैडेल

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत २०७ कम्पनी मध्ये ६१ वटा कम्पनीले मात्र पुस मसान्तभित्र साधारणसभा गरेका छन् । याे संख्या कुल कम्पनी मध्ये करिव २९ प्रतिशत मात्र हाे । केही कम्पनीले अार्थिक वर्ष २०७२/७३ काे साधारणासभा यस वर्ष भर्खरै गरेका छन् ।

कम्पनी कानुनअनुसार पुस मसान्तभित्र साधारणसभा गरिसक्नुपर्छ । त्यसैले पुस मसान्त भित्र साधारणसभा गर्ने कम्पनीकाे वित्त प्रणाली र सुशासन पक्ष राम्राे मानिन्छ ।

२८ वटा वाणिज्य बैंक मध्ये १६ वटाले मात्र पुस मसान्त भित्र साधारणसभा गरेका छन् । त्यसमा सबैभन्दा बढी लाभांश दिनेमा स्ट्याण्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेड भएको छ । चालु आर्थिक वर्ष सुरु भएयता वार्षिक साधारणसभा गरेर लाभांश दिने मध्येमा स्ट्याण्डर्ड चाटर्ड अग्रस्थानमा परेको हो ।

स्ट्याण्डर्डले सेयरधनीलाई १०५.२६ प्रतिशत लाभांश दिएको छ । उसले ५.२६ प्रतिशत नगद र १ सय प्रतिशत बोनस सेयर दिएको छ । चुक्तापुँजी बढाउन स्ट्याण्डर्डले लगानीकर्तालाई बोनस सेयर दिएको हो ।

दोस्रोमा बढी लाभांश दिनेमा नेपाल टेलिकम भएको छ । टेलिकमले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ५५ प्रतिशत नगद लाभांश दिएको छ ।

तेस्रोमा नविल बैंक भएको छ । नविलले ४८ लाभांश दिएको छ । नविलले लगानीकर्तालाई ३० प्रतिशत बोनस र १८ प्रतिशत नगद लाभांश दिएको हो । नेपाल इन्भेष्टमेन्टले ४० लाभांश दिएको छ । उसले १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश दिएको छ । एभरेष्ट बैंकले ३३ प्रतिशत लाभांश वितरण गरेको छ । हिमालयन बैंकले २६ प्रतिशत लाभांश दिएको छ ।

अहिलेसम्म साधारणसभा नगर्ने कृषि विकास बैंक, बैंक अफ काठमाण्डू, सेञ्चुरी कर्मसियल बैंक, सिभिल बैंक, कुमारी बैंक, मेगा बैंक, नेपाल बैंक, एनएमबी बैंक, एनसीसी, प्रभु बैंक र सिद्धार्थ बैंक रहेका छन् । आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारणसभा गरिसक्नु पर्ने व्यवस्था छ । कतिपय कम्पनीले ढिला गरी सभा गर्दै आएका छन् । यसले कम्पनीमा संस्थागत सुशासन कमजोर रेहेको देखाउँछ ।

यस्तै, हालसम्म साधारणसभा गरेका मध्ये सबैभन्दा बढी लाभांश दिने फाइनान्स कम्पनीमा युनाइटेड फाइनान्स लिमिटेड रहेको छ । युनाइटेडले लगानीकर्तालाई १९ प्रतिशत बोनस सेयर दिएको छ । यस्तै जानकी फाइनान्स लिमिटेडले १८ प्रतिशत बोनस सेयर दिएको छ । आईएफसी र गुडवील फाइनान्स लिमिटेडले क्रमश ११ र १०.७ प्रतिशत लाभासबैभन्दा बढी लाभांश दिएका छन् ।

अरुण फाइनान्स, बेष्ट फाइनान्स, क्यापिटल मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी,  क्रिष्टल फाइनान्स, हिमालयन फाइनान्स, ललितपुर फाइनान्स, मल्टी प्रपोज फाइनान्स कम्पनी, नमस्ते वित्तीय संस्था, नेपाल फाइनान्स, नेपाल सेयर मार्केट लि., पोखरा फाइनान्स, प्रोगेसिभ फाइनान्स, रिलायन्स फाइनान्स, सम्झना फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सिर्जना फाइनान्स, वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लि लगायतका फाइनान्सले साधारणसभा गरेका छैनन् ।

सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड (विशेष साधारणसभा), गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, गोर्खाज फाइनान्स, जेबिल्स फाइनान्स र सिनर्जी फाइनान्स लिमिटेडले साधारणसभा गरेर हकप्रद जारी गरेका छन् ।

त्यस्तै, ओरियन्टल होटल, सोल्टी होटल, तारागाउँ रिजेन्सि होटल र याक एण्ड यती होटल कुनैले पनि चालु आवमा साधारणसभा गरेका छैनन् ।

जलविद्युतमा सबैभन्दा बढी लाभांश दिनेमा चिलिमे हाइड्रोपावर लिमिटेड भएको छ । गत आवमा गरेको नाफाबाट चिलिमेले २५ प्रतिशत लाभांश दिएको छ । जसअनुसार उसले १५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिएको छ ।

त्यस्तै, अरुण काबेली पावर लिमिटेड, बरुण हाइड्रोपावर कम्पनी, छ्यान्दी हाइड्रोपावर कम्पनी, दिब्यश्वरी हाइड्रोपावर, नेसनल हाइड्रोपवर कम्पनी, नेपाल हाइड्रोडेभलोपर र न्यादी ग्रुप पावरले साधारणसभा गरेका छैनन् ।

उता हिमालय पावर पार्टनरले भने गत पुस ६ गते वार्षिक साधारणसभा गरिसकेको छ । खानीखोला हाइड्रोपार कम्पनी, सानीमा माई हाइड्रोपावर पनि पुस २८ गते वार्षिक साधारणसभा सम्पन्न भएको छ । यस हाइड्रोपावरले सेयरधनीलाई लाभांश नदिने भएको छ । सिनर्जी पावर डेभलपमेन्टले पनि लाभांश नदिने भएको छ । त्यस्तै, अन्य समूह अन्तर्गत जलविद्युत लगानी तथा विकास कम्पनी र नेपाल फिल्म डेभलपमेन्ट कम्पनीले साधारणसभा गरेका छैनन् ।

हालसम्म साधारणसभा गरेको बीमा कम्पनी मध्ये सबैभन्दा बढी लाभांश शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले पाएका छन् । शिखरले लगानीकर्तालाई २९ प्रतिशत बोनस सेयर दिएको छ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २६.३२, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले २५ प्रतिशत लाभांश दिएका छन् । सिद्धार्थ इन्स्योरेन्सले २१ र प्रुडेन्सियल इन्स्योरेन्सले २० प्रतिशत लाभांश दिएका छन् ।

एशियन लाईफ इन्स्योरेन्स कम्पनी, एभरेष्ट इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन(नेपाल), नेपाल लाइफ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले वार्षिक साधारणसभा गरेका छैनन् । सगरमाथा इन्स्योरेन्सले वार्षिक साधारणसभा गरेता यस वर्ष लाभांश दिएन ।

विकास बैंकहरूमा साधारणसभा गरेका मध्येबाट सबैभन्दा बढी लाभांश दिनेमा एक्सेल डेभलपमेन्ट बैंक र मितेरी डेभलपमेन्ट बैक रहेका  छन् । एक्सलेले बोनस सेयर र नगद गरी ३१.७१ र मितेरीले ३१.५८ प्रतिशत लाभांश दिएको छ । सहयोगी विकास बैंकले २४, शाइन रेसुङगा डेभलपमेन्ट बैंकले २५, मुक्तिनाथ विकास बैंकले २१ र मिसन डेभलपमेन्ट बैंकले २० प्रतिशत लाभांश दिएका छन् ।

अल्पाइन डेभलपमेन्ट बैंक, भार्गव विकास बैंक, गण्डकी विकास बैंक, गरिमा विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, हाम्रो विकास बैंक, काबेली विकास बैंक, कामना सेवा विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, कनकाई विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, माउन्ट मकालु डेभलपमेन्ट बैंकले साधारणसभा गरेका छैनन् ।

यस्तै साधारणसभा नगर्नेमा नारायणी डेभलपमेन्ट बैंक, एनआईडीसी डेभलपमेन्ट बैंक, ओम डेभलपमेन्ट बैंक, राप्तीभेरी विकास बैंक, साहारा विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, तिनाउ डेभलपमेन्ट बैंक र वेष्टर्न डेभलपमेन्ट बैंक छन् । नेपाल कम्यूनिटी डेभलपेन्ट बैंकले साधारणसभा गरिसक्यो तर लाभांश दिने घोषणा गरेको छैन ।

छिमेक लघुवित्त विकास बैंक, सिभिल लघुवित्त वित्तीय संस्था, डिप्रोक्स डेभलपमेन्ट बैंक, फर्वाड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाले साधारणसभा गर्न बाँकी छ ।

त्यसैगरी, जनउत्थान सामुदायिक विकास बैंक, माहुली सामुदायिक लघुवित्त संस्था, माहुली सामुदायिक लघुवित्त संस्था, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त विकास बैंक, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था, नेपाल ग्रामीण विकास बैंक, रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्था, आरएसडीसी लघुवित्त वित्तीय संस्था, समता माइक्रोफाइनान्स वित्तीय संस्था, सूर्योदय लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त विकास बैंक, वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि चालु आव यता साधारणसभा गरेका छैनन् । समीट माइक्रोफाइनान्सले साधारणसभा गरिसक्यो तर लाभांश दिने घोषणा गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.