तरलता समस्या समधान गर्न राष्ट्र बैंकले दियो १० अर्ब, बैंकले लिए ४० करोड मात्र

  २०७४ माघ ५ गते १४:२४     विकासन्युज

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता कम भएपनि नेपाल राष्ट्र बैंकले शुक्रबार १० अर्ब रुपैयाँको बजारमा पठाउदा बैंकले ४० करोड रुपैयाँ मात्र लिएका छन् ।

आधा दर्जन वाणिज्य बैंकमा समस्या आएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासंग भएको विकास ऋणपत्र धितोमा राखेर बजारमा थप तरलता प्रवाह गर्न लागेको थियो । एउटा बैंकले ४० करोड रुपैयाँ मात्र उठाएको छ ।

अधिकाँश बैंकको सीसीडी रेसियो कसिलो भएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापन गर्न विकास ऋणपत्र सोझै खरिद बोलकबोल उपकरणमार्फत १० अर्ब रुपैयाँ बजारमा पठाएको हो ।

पुस मसान्तमा बैंकिङ प्रणालीमार्फत अर्बौ रुपैयाँ करको रुपमा राज्यको ढुकुटीमा गएपछि अधिकाँश बैंकको कर्जा, निक्षेप र पुँजी अनुपात (सीसीडी रेसियो) ८९ प्रतिशतको हारहारीमा पुगेको बैंकले बताएका छन् । राष्ट्र बैंकबाट प्राप्त रकम ऋण लगानी गर्न नपाउने भएपछि नलिएको एक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले बताए ।

“अहिलेको समस्या तरलता व्यवस्थापनका लागि हैन, थप ऋण लगानीका लागि भएको हो” ती सीईओले भने “राष्ट्र बैंकबाटथ लिएको रकम ऋण लगानी गर्न नपाउने भएपछि पैसा नलिएको हो ।” अधिकाँश बैंकको सीसीडी रेसियो ७९ प्रतिशत पुगेकाले कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेको बताइसकेका छन् । केही बैंकहरुले कर्जा प्रवाह बन्द गरेको जानकारी दिएका छन् ।

बजारमा लगानीयोग्य पुँजी कम भएपनि अन्तरबैंक ब्याजदर ३ प्रतिशत छ । अन्तरबैंक ब्याजदर नबढेकाले बजारमा ऋण लगानी गर्न पुँजीको अभाव नभएको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा बताउछन् । “यदी तरलताको अवस्था कसिलो भएको भए अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघने थियो” उनले भने “अन्तर बैंक ब्याजदर स्थिर भएपछि पछिल्लो समयमा राष्ट्र बैंकले रिपो गर्न पाएको छैन् ।”

रिपोमार्फत तरलता प्रवाह गर्न नपाएपछि केन्द्रीय बैंकले विकास ऋणपत्र धितोमा राखेर बजारमा पैसा पठाउन थालेको छ । राष्ट्र बैंकका अनुसार बजारमा २६ अर्ब रुपैयाँको हारहारीमा अधिक तरलता रहेको छ । एक साता अघि पनि केन्द्रीय बैंकले विकास ऋणपत्र सिधै बोलकबोलबाट खरिद गर्ने वित्तीय उपकरणमार्फत ३ पटकमा गरी झण्डै २८ अर्ब रुपैयाँ बैकिङ प्रणालीमा पठाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.