दुई कम्पनीको ५५ लाख कित्ता सेयर सूचिकृत, क-कसको कति?

  २०७४ माघ ५ गते १३:०९     विकासन्युज

काठमाडौं । शुक्रबार मात्रै विभिन्न दुई कम्पनीको कुल ५५ लाख ८८ हजार कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । नेप्सेमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ओम डेभलपमेन्ट बैंकको गरी सो मात्राको सेयर सूचिकृत भएको हो ।

सूचिकृत मध्ये सूर्या लाइफ इन्स्योरेन्सको ६ लाख ५६ हजार २५० कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । त्यस्तै, ओम डेभलपमेन्ट बैंकको ४९ लाख ३१ हजार ८३५ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.