प्रदेश प्रमुखको शपथ आज अपराह्न ४ बजे राष्ट्रपति कार्यालयमा

  २०७४ माघ ५ गते १२:४५     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई आज पद तथा गोपनीयताको शपथ दिलाउने भएका छन् ।
राष्ट्रपति निवासमा आज अपराह्न ४ बजे आयोजना हुने विशेष समारोहमा राष्ट्रपतिबाट नवनियुक्त प्रदेश प्रमुखले शपथ लिने राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएकाे छ ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेशको कार्य सञ्चालनका लागि अस्थायी केन्द्र तोक्नुका साथै प्रदेश प्रमुखको नाम राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको थियो ।  सरकारले प्रदेश नं १ मा प्रा डा गोविन्दबहादुर तुम्बहाङ, प्रदेश नं २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश नं ३ मा अनुराधा कोइराला, प्रदेश नं ४ मा बाबुराम कुँवर, प्रदेश नं ५ उमाकान्त झा, प्रदेश नं ६ मा दुर्गाकेशर खनाल र प्रदेश नं ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख तोकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.