एनआरएनएको सहयोगमा ६ महिनाभित्र सिन्धुलीगढीको पुनर्निर्माण गुरुयोजना तयार गरिने

  २०७४ माघ ४ गते १८:२४     विकासन्युज

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ऐतिहासिक सिन्धुलीगढीको जिर्णाेद्धार एवम् पुनर्निर्माण गुरुयोजना तयार पार्न सहयोग गर्ने भएको छ । बिहीबार राजधानीमा एनआरएनए र कमलामाई नगरपालिकाबीच गुरुयोजना तयार पार्न सम्झौता भएको हो ।

सम्झौतापत्रमा एनआरएनएका अध्यक्ष भवन भट्ट र कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले हस्ताक्षर गरेका छन् । एनआरएनले सिन्धुलीगढीको पुनर्निर्माण गुरुयोजना आगामी ६ महिनाभित्र तयार गरेर कमलामाई नगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ ।

त्यस्तै सिन्धुलीगढीको गुरुयोजना निर्माण गर्न समृद्ध सिन्धुली अभियानले सक्रिय रुपमा सहयोग गर्ने बताएको छ ।

गुरुयोजना निर्माण गर्दा सिन्धुलीगढीको प्राचीन ऐतिहासिकताका साथै मौलिकता यथावत राख्न प्रयास गर्ने, गुरुयोजना बनाउन लाग्ने खर्चको व्यवस्थापन एनआरएनएले गर्ने, बनाइएको गुरुयोजनालाई नगरपालिकाले स्वामित्व ग्रहण गरी भविष्यमा गरिने पुनर्निर्माणको आधार बनाउने सम्झौतामा उल्लेख छ ।

सिन्धुलीगढी तत्कालीन गोर्खाली सेनाले बिरता देखाएर अंग्रेज सेनालाई परास्त गरेको स्थल हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.