टाटा मोटर्सले ल्यायो फेसबुकबाटै ५ तोला सुन र स्मार्ट फोन जित्ने मौका

  २०७४ माघ ४ गते १७:५६     विकासन्युज

काठमाडौं । टाटा मोटर्सले ग्राहकहरुका लागि फेसबुक अभियान ल्याएको छ । जस अन्तर्गत ५ जना भाग्यशाली विजेताले टाटा नेक्सनमा एक/एक तोला सुन जित्ने अवसर पाउनेछन् ।

यस अभियानमा सहभागी हुनको लागि प्रतियोगीहरुले फेसबुकमा आफ्नो नामको बीचमा ‘नेक्सन’ राखी टाटा मोटर्स्को फेसबुक पेज लाईक गर्नुपर्ने छ ।

त्यसैगरि, टाटा नेक्सनले ल्याएको अर्को उत्साहजनक अभियान अन्तर्गत फेसबुक प्रयोगकर्ताहरुले नयाँ स्मार्टफोन जित्न सक्नेछन् । फेसबुक प्रयोगकर्ताहरुले आफ्नो प्रोफाइल पिक्चरमाटाटा नेक्सन फ्रेम राखेर अपडेट गर्नुपर्नेछ । अभियान अन्तर्गत तीन जना भाग्यशाली विजेताहरुले स्मार्टफोन जित्न सक्नेछन् ।

लक्की ड्र मार्फत पाँच जनाले एक-एक तोला सुन र तीन जनाले एक-एक ओटा स्मार्ट फोन जित्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो ब्रान्डिङको लागी आक्रामक योजनाहरु ल्याएको हो । यो योजना फागुन १६ गते (अर्थात फेब्रवरी २०१८)सम्म रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.