चीनसँगको निर्यात ७८ प्रतिशत बढ्यो

  २०७४ माघ ४ गते १६:०३     विकासन्युज

काठमाडौं। गएको पाँच महिनाको अबधिमा चीनसँगको निर्यात ७८.४ प्रतिशत बढेको छ । आर्थिक बर्ष २०७४/७५ को पाँच महिनाको अबधिमा चीनतर्फ एक अर्ब ३२ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । गएको वर्ष सोही अबधिमा ७४ करोड रुपैयाँको मात्रै निर्यात भएको थियो ।

भारतसँगको निर्यात भने ५.५ प्रतिशतले मात्रै बढेको छ । प्रतिशत कम देखिएतापनि सबैभन्दा बढी १७ अर्ब ९५ करोड रुपैयाँको वस्तु गएको पाँच महिनामा भारततर्फ निर्यात भएको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्ने क्रममा नेपाल राष्ट्र बैंकले जनाएको हो । बैंकको अनुसार गएको वर्षको सोेहि अबधिमा भारततर्फ १७ अर्ब मूल्य बराबरको वस्तु निर्यात भएको थियो ।

बैंक अनुसार कुल वस्तु निर्यात १० प्रतिशतले वृद्धि भएको छ । १० प्रतिशतले बृद्धि भइ ३३ अर्ब ७० करोड रुपैयाँको निर्यात भएको छ । जसमा अन्य मुलुकतर्फ १२ प्रतिशतले निर्यात बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा मुलकबाहिर १७.१ प्रतिशतले निर्यात वृद्धि भएको बैंकको भनाइ छ ।

वस्तुगततर्फ पशुआहार, वनस्पती घ्यू, धागो, जिङ्क सिट, तयारी पोशाक लगायत निर्यात बढेको छ । तर जुस, अलँलैची, जिआई पाईप, उनी गलैँचा, तामाका तार लगायतका वस्तुहरुको भने निर्यात घटेको बैंकको भनाइ छ ।

त्यस्तै पाँच महिनाको अबधिमा कुल वस्तुको आयात १२.८ प्रतिशतले बढेको छ । बैंकको अनुसार ४ खर्ब ३१ अर्ब ४९ करोड रुपैयाँको आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७८.९ प्रतिशतले बढेको थियो ।

भारतबाट भएको आयातमा १३.२ प्रतिशत, चीनबाट भएको आयात १.४ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १८.९ प्रतिशतले बढेको छ । बढी मात्रामा वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, सुन, एमएस विलेट, पोलिथिन ग्रेनियुल्स लगायतका वस्तुको आयात बढेको छ । कृषि औजार तथा पार्टपुर्जा, विद्युतिय सामान, सेनिटरीवेयर्स, खाने तेल, ड्राईसेल ब्याट्री लगायतका वस्तुहरुको आयात घटेको बैंकको अध्ययनले देखिएको छ ।

बैंकका अनुसार निर्यातको क्रममा सुख्खा बन्दरगाहा भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय, बिराटनगर भन्सार कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थल भन्सार कार्यालय, नेपालगंज भन्सार कार्यालय, रसुवा भन्सार कार्यालय लगायतका भन्सार नाकाहरुबाट निर्यातमा वृद्धि भएको छ । केही अन्य नाकाहरूबाट भने निर्यातमा कमी आएको छ ।

कुल वस्तु व्यापार घाटा १३ प्रतिशतले बढेको छ । बढेर गएको पाँच महिनाको अबधिमा ३ खर्ब ९७ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । निर्यात र आयातको अनुपात ७.८ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८ प्रतिशत रहेको थियो ।

स्वदेशी उत्पादनको निर्यात मूल्य खट्दा सूचाङ्क पनि घट्यो

चालु वर्षको पाँच महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क (यूनिट भ्यालु इण्डेक्स) वार्षिक बिन्दुगत आधारमा ०.४ प्रतिशतले घटेको छ । आयात मूल्य सूचकाङ् बढेर ४.९ प्रतिशत भएको छ । व्यापारको सर्त (ट्रम्स अफ ट्रेड)मा ५.३ प्रतिशतले ह्रास आएकोे छ ।

अध्ययन अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो सर्त १२.६ प्रतिशतले बढेको थियो । कार्पेट, पश्मिना, अलैची, घ्यू, मुसुरोको दालको निर्यात मूल्यमा ह्रास आएका कारण निर्यात मूल्य सूचकाङ्मा कमी भएको बैंकको भनाइ छ ।

त्यस्तै पेट्रोलियम पदार्थ, सवारी साधन, टायर, रेफ्रिजिरेटर, ल्यापटपको मूल्यमा वृद्धि भएका कारण आयात मूल्य सूचकाङ्कमा वृद्धि भएको  छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.