सिद्धार्थ बैंकले शरु गर्यो भाइबर बैंकिङ्ग सेवा, खाता नभएकाले पनि उपयोग गर्न पाउने

  २०७४ माघ ३ गते १८:०८     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले प्रविधिमैत्री ग्राहकहरुलाई लक्षित गरि भाइबर बैंकिङ्ग सेवा शुरु गरेको छ । यस सेवामार्फत ग्राहकहरुले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटरलगायत अन्य विद्युतिय उपकरणबाट बैंकिङ्ग सेवाबारे जानकारी लिन सक्नेछन् ।

भाइबर बैंकिङ्ग सेवा लिन ग्राहकको मोबाइल नम्बर बैंकको सिद्धार्थ बैंक स्मार्ट मोबाइल बैंकिङ्ग सेवामा रजिष्टर गरिएको हुनुपर्ने बैंकले जनाएको छ । सिद्धार्थ बैंक स्मार्ट मोबाइल बैंकिङ्ग सेवामा रजिस्टर गरिएको मोबाइलका प्रयोगकर्ता ग्राहकले भाइबर बैंकिङ्गमार्फत खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्ने, कर्जा सुविधा, मुद्दती खातालगायत बैंकका अन्य सेवाबारे जानकारी पाउन सक्नेछन् ।

यो सेवा बैंकका ग्राहकले मात्र नभई यस बैंकमा खाता नभएका सर्वसाधारणले पनि उपयोग गर्न सक्नेछन् । खाता नभएको व्यक्तिले यस सेवामार्फत बैंकका शाखा, एटीएम तथा अन्य सेवा सम्बन्धि जानकारी लिन सक्ने बैंकले जनाएको छ ।

बैंकले हाल देशभर ३ एक्स्टेन्सन् काउन्टर, ८२ वटा शाखा, १०५ एटीएम, ९९ शाखारहित बैंकिङ्ग सेवा र ६५० भन्दा बढी पीओएस् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४/०७५ को पौष मसान्तसम्म बैंकले कुल निक्षेप ८५ अर्ब ५७ करोड र कर्जा लगानी ७६ अर्ब ९५ करोड परिचालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.