सनराइज बैंकको २०औं शाखारहित बैंकिङ्ग सेवा गोदावरीको छम्पीमा

  २०७४ माघ ३ गते १७:५७     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो २०औं शाखारहित बैंकिङ्ग सेवा गोदावरीको छम्पीमा शुरू गरेको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ उक्त स्थानमा नयाँ शाखा खोलेको हो ।

उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गोदावरी नगरपालिकाका अध्यक्ष आत्माराम थापाले एक समारोहका बीच गरेका हुन् । सो अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि राजिब केसीलाई पोइन्ट अफ सेल मेसिन आत्माराम थापा र भैँसीपाटी शाखाका प्रवन्धक कमल बाबु सिम्खडाले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।

साथै, बैंकको भैँसीपाटी शाखाका प्रवन्धक सिम्खडाले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उदेश्य प्रष्ट पारेका छन् ।उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यस शाखा सहित बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या २० पुगेको छ । साथै, बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ्ग सेवा शाखारहित बैंकिङ्ग सेवामार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको समेत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.