स्वावलम्बन लघुवित्तको १७ औं वार्षिकोत्सव सम्पन्न

  २०७४ माघ ३ गते १७:४०     विकासन्युज

काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंक लि.को १७औं वार्षिकोत्सव एक समारोह बीच काठमाडौंमा सम्पन्न भएको छ । उक्त समारोहको उद्घाटन नेपाल राष्ट्र बैंक लघुवित्त प्रबद्र्धन तथा सुपरिवेक्षण विभागका का.मु.कार्यकारी निर्देशक तथा कार्यक्रमका प्रमुख अतिथि देवकुमार ढकालले गरेका छन् ।

सोही अवसरमा ढकालले वित्तीय संस्थाले यस प्रकारका कार्यक्रम गरी विभिन्न विधामा ग्राहक सदस्यहरुलाई सम्मान गरी प्रोत्साहन गर्नु अत्यन्त प्रशंसनिय रहेको बताएका छन् । कार्यक्रमका सभापति तथा बैंक संचालक समितिका अध्यक्ष बिजेन्द्र सुवालले हालको प्रतिस्पर्धामा चुनौतीहरु रहेता पनि चुनौतीलाई अवसरको रुपमा लिएर संस्था अगाडि बढ्ने बताएका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशमान प्रधानले बैंकको विकासको १६ वर्षको समय अन्तरालमा विभिन्न साना ठूला समस्या र चुनौतिहरुलाई सहजता र सफलतापूर्वक पार लगाउदैं आजका दिनसम्म आइपुगेको बताउदैँ विगत र वर्तमान गौरव गर्न लायक रहेको बताएका छन् ।

बैंकले हाल ५४ जिल्लाका १२३ शाखा/उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालय मार्फत २ लाख १८ हजार ९ सय ७२ ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा पुर्याउँदै आएको छ । बैंकको हाल ८ अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.