सिटी एक्सप्रेस मनी र सिगे मनी ट्रान्सफर बिच रेमिटान्स सेवा सुरु गर्ने सम्झौता

  २०७४ माघ ३ गते १३:४५     विकासन्युज

काठमाडौं । लण्डनको रेमिट कम्पनी सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सेवा सुरु गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिगे मनी ट्रान्सफरबाट प्रेसिडेन्ट जोसेफ अगिलरले हस्ताक्षर गरेका छन् ।

सिगे मनी ट्रान्सफरको विश्व भरी १३० भन्दा बढि देशहरुमा आफ्नै सञ्जाल छ साथै ९० हजार भन्दा बढी एजेन्ट लोकेसनहरु छन् । यो सेवा सुरु भएपछी युरोप हुँदै अन्य देशहरुबाट सिगे मनी ट्रान्सफरले सिटी एक्सप्रेस मनीे  मार्फत नेपालको कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न वा रकम प्रवाह गर्न सकिने सिगेका प्रेसिडेन्ट अगिलरले जानकारी दिएका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छट्टै पहिचान बनाउदै बिगत ११ बर्ष देखि विदेशबाट पठाएको रकम आफ्ना ५००० भन्दा बढी नेपालका एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.