मेलम्चीको सुरुङमा चट्टानी अवरोधः एक दिन खन्ने, अर्काे दिन अड्याउने

  २०७४ माघ २ गते ११:३१     विकासन्युज

काठमाडौं । हामीले चट्टानी अडानलाई कडा रोकावटका रुपमा बुझ्ने गरेका छौं तर मेलम्ची खानेपानी आयोजनाको सुरुङमा भने कमजोर चट्टानले नै अवरोध गरिरहेको छ ।

मेलम्चीको सुरुङ अझै ४८८.५९ मिटर खन्न बाँकी छ । जनवरी १ तारिख देखि एक दिन सुरुङ खन्ने र अर्काे दिन अड्याउने काम भैरहेको छ । जसले गर्दा मार्च २६ मा सुरुङ खनिसक्ने आयोजनाको लक्ष्यमै धक्का लाग्ने सम्भावना देखिन्छ ।

‘कमजोर चट्टानका कारण एक दिन खन्ने र एक दिन अड्याउने काम गरिरहेका छौं, कमजोर चट्टानले काममा अवरोध गरिरहेको छ ।’, मेलम्ची आयोजनाका सूचना अधिकारी राजेन्द्र प्रसाद पन्तले विकासन्युजसँग भने । पन्तका अनुसार सिन्धुदेखि ग्याल्थुमसँगको सुरुङमा कमजोर चट्टान देखिएकाले समस्या देखिएको हो । सुरुङ खनि सकिएको ठाउँमा ३ किलोमिटर फिनिसिङको काम सम्पन्न भएको छ । |

फिनिसिङका लागि ८ वटा मेसिन ल्याईएको छ । ती मेसिनहरुको उपयोगले ३ महिना भित्रै फिनिसिङ गर्ने योजना रहेको पनि पन्तले जानकारी दिए । मुहानमा पानी फर्काउन डाइभर्ससन बाँध र इन्टेक बनाउने काम अबको ६ महिनाभित्र सम्पन्न गर्ने तालिकासहित काम अघि बढेको पनि उनले जानकारी दिए । मुहानमा बाँध बनाउन नसकिए पाइप राखेरै भएपनि नयाँ बर्षमा राजधानी बासीका धारामा पानी ल्याउने तयारी गरिएको पनि उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.