२ वाणिज्य बैंकको २ अर्बको म्युचअल फण्ड बिक्री आजदेखि खुला, २२ प्रतिशतसम्म प्रतिफल दिने

  २०७४ माघ २ गते ८:००     विकासन्युज

काठमाडौं । दुई वाणिज्य बैंकले (आज) मंगलबारदेखि २ अर्ब रुपैयाँ बराबरको म्युचअल फण्ड बिक्री खुला गरेको छन् । एनआईसी एसिया बैंक र सिटिजन्स बैंक इन्टरनेसन लिमिटेडले प्रति इकाई १० रुपैयाँ दरका २० करोड इकाई म्युचअल फण्ड आजदेखि बिक्री खुला गरेका हुन् ।

एनआईसी एसियाले १ अर्ब रुपैयाँको एनआईसी एसिया ग्रोथ फण्ड र सिटिजन्सले पनि १ अर्ब रुपैयाँकै सिटिजन्स म्युचअल फण्ड १ निष्कासन गरेको हो । दुबै म्युचअल फण्डको अवधि ७ वर्ष रहेको छ । एनआईसी एसियाले वार्षिक औसत १६ प्रतिशत र सिटिजन्स म्युचअलले वार्षिक औसत २२ प्रतिशत भन्दा बढी लाभांश दिने प्रक्षेपण गरिएको छ ।

ग्रोथ फण्डको योजना व्यवस्थापक एनआईसी क्यपिटल लिमिटेड र सिटिन्जन्सको सीबीआइएल क्यापिटल लिमिटेड रहेका छन् । दुबै फण्डले लगानीकर्तालाई राम्रो प्रतिफल दिने बताएका छन् ।

फण्डले बढी प्रतिफल दिने सीबीआइएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीरप्रसाद दाहाल बताउछन् । सिटिजन्स म्युचअल फण्डले पहिलो वर्ष ७.४, दोसो वर्ष १७, तेस्रो वर्ष १५.१८, चौथो वर्ष २०, पाँचौ वर्ष १९.८५, छैठौ वर्ष ३८.५ र सातौ वर्ष ३८.२ प्रतिशत प्रतिफल दिने छ । अन्तिम वर्ष फण्ड बिक्री गरेर रकम लगानीकर्तालाई बितरण हुनेछ ।

सिटिजन्स म्युचअल फण्डले पहिलो वर्ष २ करोड ३७ लाख २६ हजार रुपैयाँ नगद लाभांश दिने छ । त्यसपछि दोस्रो वर्ष २ करोड ९८ लाख, तेस्रो वर्ष ४ करोड ९ लाख, चौथो वर्ष ९ करोड १ लाख पाँचौ वर्ष ४ करोड २१ लाख, छैठौ वर्ष १८ करोड ९९ लाख र सातौ वर्ष बढेर २५करोड ३७ लाख रुपैयाँ लाभांश दिने सीबीआईएलले जनाएको छ ।

सीबीआईएलले कुल इकाई मध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख सिटिजन्स बैंकलाई सुरक्षति गरी साढे ८ करोड इकाई बिक्रीका लागि खुला गरेको छ । फण्ड निष्कासन बन्द माघ १७ गते हुनेछ सीबीआईएलले जानकारी दिएको छ ।

न्युनतम १ सयदेखि अधिकतम २० लाख इकाईका लागि आवेदन दिन पाउने छ । अधिकतम साढे १२ करोड इकाईसम्म सकारिने सीबीआईएलले जनाएको छ । फण्डको नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भई कारोबार गर्न सकिने छ । इकाइ अंकित मूल्यका आधारमा लाभांश वितरण गर्ने र संचित नाफालाई पुनः लगानीका लागि उपयोग गरिने जानकारी दिइएको छ ।

यस्तै एनआईसी एसिया ग्रोथ फण्डले वार्षिक १६.१३ प्रतिशतसम्म प्रतिफल दिने भएको छ । उसले सार्वजनिक गरेको लगानी आब्हानपत्रमा ७ वर्ष अवधिको योजनाले पहिलो वर्ष १५.७५, दोस्रो वर्ष १६.१४ र त्यसपछिका वर्षमा १६.१३ प्रतिशत लाभांश दिने प्रतिवद्धता जनाएको छ ।
ग्रोथ फण्डले सुरुको वर्षमा १० करोड रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । त्यसपछिका वर्षमा ११ करोड, १२ करोड, १३ करोड १४ करोड र छैठौ वर्षमा १५ करोड रुपैयाँ नगद लाभांश बाड्ने एनआईसीले जनाएको छ ।

लाभांश दिन ग्रोथ फण्डले पहिलो वर्ष १८ करोड ७५ लाख रुपैयाँ आम्दानी गर्नेछ । त्यसपछिको बढ्दै गएर अन्तिम वर्षमा आम्दानी बढेर २५ करोड ३८ लाख ८३ हजार रुपैयाँ पुग्नेछ ।

ग्रोथ फण्डले पहिलो वर्ष १५ करोड ५६ लाख ८४ हजार रुपैयाँ नाफा गर्ने छ । त्यसपछि लगातार नाफा बढाउने प्रक्षेपण गरेको छ ।
लगानीकर्ताले ग्रोथ फण्डका लागि न्युनतम १ सय र अधिकतम २० लाख ईकाइसम्मलाई आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । ग्रोथ फण्डको निष्कासन छिटो बन्द हुने मिति माघ ८ र ढिलोमा माघ २१ गतेसम्म हुने छ ।

ग्रोथ फण्ड कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत अर्थात १ करोड ५० लाख कोष प्रवद्र्धक एनआईसी एसिया बैंकलाई सुरक्षित राखी ८ करोड ५० लाख कित्ता बिक्रीका लागि खुला गरिएको छ ।

आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट इकाई खरिद गर्न पाइने व्यवस्था गरिएको छ । योजनाका इकाइ नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भई कारोबार हुने छ । खुदनाफा वितरण र संचित नाफा पुनः लगानी गर्ने योजना रहेको बैंकले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.