महिन्द्रा फ्रि मेगा सर्भिस क्याम्प मेला सकियो

  २०७४ माघ १ गते १७:५७     विकासन्युज

काठमाडाै । महिन्द्रा फ्रि मेगा सर्भिस क्याम्पको मेला गत शुक्रबार सकिएको छ ।

सोमबार अर्थात २४ गतेदेखि सुरु भएको थियो । महेन्द्र गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गतको बालाजू अटोवर्कसले महिन्द्राफोर ह्वील गाडीहरु वर्कसपबाट एकै साथ फ्रि सर्भिसिङ्गको व्यवस्था गरेको थियो ।

मेलामा निःशुल्क सर्भिसिङ्गको साथै स्पेयर पार्टस, लुब्रिकेन्ट तथा अन्य एक्सोसरिजमा पनि विशेष छुटको व्यवस्था मिलाइएको थियो । कम्पनीले स्पेयर पार्टसखरिदमा १२,लुब्रिकेन्टमा १५ प्रतिशत र एक्सोसरिजको खरिदमा विशेष छुटको व्यवस्था मिलाएको जानकारी दिएको छ ।

कम्पनीले मेलामा ग्राहकहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको थियो । जसमा आँखा, ब्लडप्रेसर, सुगर तथा अन्य साधारण उपचारका सेवाहरु प्रदानगरिएको थियो ।

मेलामा महिन्द्रा गाडीहरुलाई दक्ष प्राविधिकहरुले विभिन्न ७५ जाँचगरेका थिए । यो सर्भिस सेवा विशेष रुपमा सफल भएको छ । सयौंको संख्यामा महिन्द्रा गाडि धनीहरुको उपस्थिति रहेको थियो । बिक्री पछिको उत्कृष्ट सेवाले गर्दा ग्राहकहरुलाई अन्तर्राष्ट्रिय ब्रान्ड एक्पेरियन्स प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.