कैलाश सिरोहिया विरुद्ध सुमार्गीले छेडे ‘कर्पोेरेट वार’, पीडितहरुलाई एक हुन आव्हान

  २०७४ माघ १ गते १६:५०     विकासन्युज

काठमाडौं । मुक्ति श्री प्रालीका अध्यक्ष अजयराज सुमार्गीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध कर्पाेरेट वार घोषणा गरेका छन् ।सिरोहियाले मिडियाको आडमा उद्योगी व्यवसायीसँग बार्गेनिङ गरेकाले उनका विरुद्ध कर्पाेरेट वार घोषणा गरेको सुमार्गीले  बताएका हुन् । सिरोहियाले उद्योगी व्यवसायीसँग ‘गोल्डेन सेयर’ मागेर मिडियाको दुरुपयोग गरेकाले सबै पीडित उद्योगी एक हुने समय आएको पनि उनले बताएका छन् ।

‘नेपालमा अहिले प्रचलित तर खासै चर्चामा नआएको आर्थिक पदावली छ, गोल्डेन सेयर । यो त्यस्तो सुनौलो सेयर हो, जुन कुनै पनि ठूलो व्यवसाय सञ्चालन गर्दा मिडिया प्रोटेक्सनका लागि कान्तिपुरका प्रकाशक कैलाश सिरोहियालाई केहि प्रतिशत नजराना वापत दिनुपर्छ, निज सिरोहियाले मसँग सेयरको सट्टा पुरानौ मोलमा जग्गा फिर्ता मागे’, सुमार्गीले आरोप लगाए ।

सुमार्गीले सिरोहिया पीडित सबै उद्योगी व्यवसायीहरु अझै तैँ चुप मैँ चुपको अवस्थामा रहको तर केहि समयभित्रै उनीहरु पनि एकजुट हुने दावी पनि गरे । ‘निज सिरोहियाको कोपभाजनमा परेका कतिपय व्यवसायिक प्रतिष्ठानहरु अहिले तैँ चुप मैँ चुपको अवस्थामा छन किन भने कान्तिपुरले उनीहरुमाथी पनि अपराध गर्न सक्छन’, सुमार्गीले भने ।

सुमार्गीले सिरोहियाका विरुद्ध आफुले आवाज उठाउन खोज्दा ठुलै समुहले सहयोगका लागि प्रतिवद्धता व्यक्त गरेको दावी पनि गरे । ओहो कैलाशको विरुद्धमा बोल्ने भन्दै ठुलै समाजले मलाई सहयोग गर्न खोजेको छ, आखिर सबै प्रताडित छ रहेछन नी । कालोलाई कालै प्रमाणि गरिन्छ’, सुमार्गीले उद्घोष गरे ।

आफु गलत भएमो नंग्याउन चुनौती पनि दिए । ‘म गलत छु भने नंग्याउनुस, ठिक छु भने तथ्या बाहिर ल्याउनुस्, तपाई भित्र रहेको मान्छे नेपाली होकी होइन छुट्याउनुस’, समार्गीले भने । उनले २०७१ असोज २५ गते राती सोल्टी होटलमा आफुसँग सिरोहियाले २ करोडको ब्ल्याक मेलिङ गरेको आरोप पनि लगाए । सोल्टीमा सिरोहियाले रक्सी खाएको बिल समेत आफुले तिरेको बताउँदै उनले भने डेरामा बस्ने नेपालीहरुले प्रगति गर्नै नहुने सोँचमा रहेको आरोप पनि लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.