केटिएम मोबाइलको ग्राण्ड ओपनिङ, ४५ प्रतिशत छुटदेखि मोबाइल एक्सचेन्ज मेला सञ्चालन

  २०७४ माघ १ गते १६:२६     विकासन्युज

काठमाडौं । मोबाइल एक्सचेन्ज हाउस केटिएम मोबाइल वृहत्त रुपमा सञ्चालनमा आएको छ । काठमाडौंको पाको, न्यूरोडमा अवस्थित ताम्राकार मोबाइल कम्प्लेक्समा रहेको उक्त केटिएम मोबाइल सोमबार एक कार्यक्रमबीच वृहत्त रुपमा सञ्चालनमा ल्याइएको हो । केटिएम मोबाइलको उद्घाटन मोबाइल इम्पोटर्स एशोसिएशन नेपालका अध्यक्ष दिपक मलहोत्राले गरेका छन् ।

केटिएम मोबाइलका निर्देशक कृष्ण पराजुलीले शोरुमको ग्रान्ड ओपनिङको आवसरमा हरेक मोबाइलको खरिदमा ५ देखि ४५ प्रतिशतसम्म छुट दिने बतए । ‘शोरुम नेपालको पुरानो मोबाइल शोरुम मध्येको एक हो,’ उनले भने ‘शोरुमले कम्पनीले ग्राहकहरुको माग र चाहनाअनुसार विभिन्न ब्रान्डका मोबाइल फोनहरु बिक्री वितरण तथा बिक्रीपछिको सेवाहरु प्रदान गर्दै अइरहेको छ । उनको अनुसार उक्त शोरुम विगत ६ वर्षदेखि सञ्चालनमा आएको हो । उनले शोरुमबाट मोबाइल खरिद गरेको अवस्थामा ग्राहकहरु खाली हात नजाने उपहार योजना राखिएको जानकारी दिए ।

कम्पनीको अनुसार शोरुममा मोबाइलसँग सम्बन्धित हरेक प्रकारका एसेसरिज उपलब्ध छन् । हजार रुपैयाँदेखि १ लाख ४० हजार सम्मको मोबाइल फोनहरु राखिएको छ । एक्सचेन्ज मेला माघ दोस्रोहप्तासम्म चल्ने शोरुममा कुनैपनि किसिमका पुराना मोबाइलहरुको अन्तराष्ट्रिय स्तरमा भ्यालूएटरहरुले उचित मूल्यांकन गरी नयाँ मोबाइल खरिद गर्ने ग्राहकहरुलाई सुविधा दिने बताएको छ । ‘शोरुमको उद्घाटनको अवसर पारेर माघ १५ गतेसम्म ग्रण्ड मोबाइल एक्सचेन्ज मेला सुरु गरेका हौं,’ उनले भने ‘मेला मोबाइल क्षेत्रको उत्कृष्ट र भव्य मेलाको रुपमा सञ्चालन गर्नेछौं ।’

कम्पनीका अनुसार शोरुममा मोबाइल सर्भिस सेन्टर समेत सञ्चालनमा छ । जहाँ कुनै पनि ब्राण्डको मोबाइल मर्मत गरिन्छ । जुनसुकै मोबाइल मर्मत सेवा रिपेयरिङमा १० प्रतिशतसम्म छुट उपलब्ध गराइएको केटिएम मोबाइलका निर्देशक पराजुलीले बताए । शोेरुममा सामसुङ, ओपो, आईफोन, मोटेरोला, लेनोभो, हुवावे लगायत दर्जनबढी विभिन्न ब्राण्डहरु उपलब्ध छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.