शिखरको विन्टर सेल मेलामा ७० प्रतिशतसम्म छुट, माघ ६ गतेसम्म चल्ने

  २०७४ माघ १ गते १५:१७     विकासन्युज

काठमाडौं । शिखर सुजले राजधानीको भृकुटीमण्डपमा जारी गरेको विन्टर सेल मेलामा १५ देखि ७० प्रतिशतसम्म छुट दिएको छ । उक्त मेलामा शिखरले फ्याक्ट्रीकै मूल्यमा जुत्ताचप्पल उपलब्ध गराएको छ ।

एक सातादेखि भइरहेको मेलामा पछिल्लो समय जुत्ताचप्पल किन्न सर्बसाधारणको भिड बढ्दै गएको कम्पनीले जनाएको छ । केहि दिन अघि मात्र जुत्ता उत्पादकहरुबीच सेल मेला गर्न दिईने कि नदिने भन्ने विवाद उत्कर्षमा पुगेको थियो । मेला लाग्ने वा नलाग्ने दुविधाका वीच पनि मेला लागेपछि ग्राहकहरुको बाक्लो भिड लागेको कम्पनीले बताएकाे छ ।

अघिल्लो दिन जस्तै शिखरको सेल मेलामा शनिबार र आइतबार पनि भिड नै लागेको थियो । मेलामा सस्तो राम्रो जुत्ता किन्न बाटैदेखि लाइन लागेको कम्पनीले जनाएको छ । शिखरले भृकुटीमण्डपमा मेला गर्ने भएपछि जुत्ता उत्पादक संघका पदाधिकारीहरु बीच मत बाझिएको थियो । उनीहरुले सुरुमा मेला स्थलमा टेन्ट टाँग्न नदिने अडान लिएका थिए । मेला सुरु भएपछि उनीहरुले खुल्ला ब्यापारीका नाममा केही ब्यक्तिलाई उतारेर मेला स्थलमा धर्नासमेत दिएका थिए ।

मेलामा झण्डै ६ सय थरी डिजाइनका जुत्ताचप्पल राखिएको छ । यसले गर्दा उपभोक्ताले भेराइटी बीच छानेर किन्न पाउने कम्पनीको भनाई छ । मेला आगामी माघ ६ गतेसम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.