चाँगुनारायण मन्दिर पुननिर्माण रोकियो 

  २०७४ माघ १ गते १२:५७      रोजिना राई/ गीता  सुनुवार

काठमाडौं  ।  नेपाल इतिहासकै पहिलो मानिने ऐतिहासिक महत्व बोकेको चाँगुनारायण मन्दिरको निर्माण कार्य रोकिएको छ । निर्माण कार्य हुदै गर्दा निर्माण सामाग्री उपलब्ध नभएका कारण उक्त निर्माण कार्य अगाडी बढ्न सकेको छैन ।

चौथो शताब्दीतिर लिच्छबी कालमा राजा मानदेवको शासनकालमा चाँगुनारायण मन्दिरको स्थापना भएको हो । नेपाल संवत ८२२ (१७०२ ई.स. ) मा आगलागी पछि पुनः निर्माण भएको मन्दिरमा  २०७२ सालको भूकम्पले फेरि संरचनालाई बिगारेको छ ।

भुकम्पले मन्दिर क्षतिग्रस्त र अव्यवस्थित बनाएको छ । प्यागोडा शैलीमा निर्मित उक्त मन्दिरमा प्राचीन वस्तुकला, शिलालेख, र मूर्तिहरुको छुटै पहिचान बोकेको मन्दिरप्रति पर्यटकको आकर्षण बढ्दो रहँदारहँदै पनि भूकम्पले गर्दा  हाल मन्दिरको प्राचीन अस्तित्व नै हराएको अवस्थामा देखिन्छ । जसको कारण बाह्य तथा आन्तरिक पर्यटकको संख्या घट्दै गएको छ ।

प्रति व्यक्ति ३ सय रुपैँया टिकट लिएर मन्दिर परिसरमा जाने बिदेशी पर्यटकहरु मन्दिर परिसर अव्यवस्थित भएको कारण शौचालय र पानीको खोजीमा बाहिरका रेष्टुरेण्टमा जान बाध्य छन् । मन्दिर परिसरको सुरक्षाका निम्ति सशस्त्र प्रहरीहरु खटाईएका छन् ।

निर्माण कार्यका लागि जिम्मा लिएका प्रमुख व्यक्तिहरुले नै निर्माण कार्य प्रति खासै चासो देखाएको पाईदैन । निर्माण सामग्रीहरु उपलब्ध नभएका कारण निर्माण कार्य रोकिएको २ महिना भईसकेको र यसको निर्माण कार्यलाई कहिले देखि निरन्तरता दिने हो भन्ने कुनै निश्चित नरहेको भनी सुरक्षाका लागि खटिएका प्रहरी सरोज के.सीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.