बस र ट्याम्पोमा यात्रा गर्नेको सुबिधाको लागि ‘मोटरभाडा’ एप

  २०७४ पुष ३० गते २०:४९     विकासन्युज

काठमाडौं, नेपालको यातायातप्रणालीलाई डिजिटल बनाउने उद्देश्यले कार्यालय भेन्चर्स प्रालिको इन्फर्मेशन टेक्नोलोजी कम्पनी कार्यालय आइटीले दुई भाषामा प्रयोग गर्न सकिने सार्वजनिक यातायात एप ‘मोटरभाडा’ र ‘बिटुबि’ एप ‘मोटरभाडा कम्पनी’ को सुरुवात गरेको छ । कम्पनीले उक्त एप नेपालकै पहिलो र विस्तृत रहेको दावी गरेको छ ।

गाडी भाडा, रुट, गाडी आउने समय, लाइभ ट्रयाकिंग र प्रत्यक्ष ट्राफिक अपडेट अब एपबाटै

 

एप एण्ड्रोइड र आइओएस दुवै प्लाटफर्ममा उपलब्ध हुने जनाइएको छ । मोटरभाडा एपले यात्रालाई धेरै सहज बनाउने कम्पनीको भनाइ छ । एपबाट प्रयोगकर्ताले मोटर भाडा, रुट, नजिकैको स्टेशन, गाडी आउने समय, लाइभ ट्रयाकिंग र प्रत्यक्ष ट्राफिक अपडेट सजिलै प्राप्तगर्न सक्ने जनाइएको छ ।

त्यस्तै कम्पनीको अनुसार बिटुबी एप मोटरभाडा कम्पनी एण्ड्रोइड प्लाटफर्म माउपलब्ध छ । यस एपबाट सार्वजनिक सवारी, भाडाका सवारी, गैर सरकारी संस्था, ट्राभल एजेन्सी, विद्यालय, अस्पताल, सरकारी तथा निजी संघ–संस्था र कुनै समूह वा व्यक्तिले प्रत्यक्ष आफ्नो गाडी ट्रयाक गर्न सक्नेछ ।

यस एपमा भएको प्रोफाईल, स्टार्ट, नोटिफिकेशन, ट्राफिकजाम, खाना, गाडी बिग्रियो, दुर्घटना, बन्द/हडताल, प्राकृतिक प्रकोप, बाटो निर्माण, मेडिकल इमर्जेन्सी र सुरक्षा जाँच जस्ता फिचरहरुबा टकम्पनीले रियल–टाइममा सजिलै आफ्नो गाडीको जानकारी र अवस्था थाहा पाउन सक्ने जनाइएको छ । यो विशेष सेवाको लागि कम्पनीहरुले पहिला दर्ता गर्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.