जनता बैंकका नवनिर्वाचित अध्यक्ष रायमाझी र ५ संचालकद्धारा सपथ ग्रहण

  २०७४ पुष ३० गते १७:४१     विकासन्युज

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडका नवनिर्वाचित अध्यक्ष केशवबहादुर रायमाझीले आइतबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा गभर्नर डा.चिरञ्जीवी नेपालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरी पदभार ग्रहण गरेका छन् । गत पुस २९ गते सम्पन्न संचालक समितिको बैठकबाट रायमाझी सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका थिए ।
 आइतबार बैंकमा आयोजित एक कार्यक्रममा नवनिर्वाचित संचालकहरु लंङ्कबहादुर के.सी., रामबहादुर भण्डारी, गौतमप्रसाद खनाल, विनितकुमार अग्रवाल र संजिव न्यौपानेलाई संचालक समितिका अध्यक्ष रायमाझीले सपथ ग्रहण गराएका छन् । नवनिर्वाचित संचालकहरुले आजैबाट पदभार ग्रहण गरेका छन् ।

सपथ ग्रहण पश्चात अध्यक्ष रायमाझीले आगामी ५ बर्ष भित्र जनता बैंकलाई अग्रणी बैंकका रुपमा रुपान्तरण गरीने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.