नेपाल टेलिकमको ५५ प्रतिशत नगद लाभांश पारित, माघ २ गतेदेखि वितरण गरिने

  २०७४ पुष ३० गते १६:५२     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को सेयरधनीलाई ५५ प्रतिशत नगद लाभांश पारित भएको छ । आइतबार सम्पन्न टेलिकमको १०औँ वार्षिक साधारणसभाले कम्पनीको उक्त प्रस्तावलाई पारित गरेको छ ।

सभाले पारित गरे बमोजिम टेलिकमले आर्थिक वर्ष २०७३/७४ को मुनाफा रकम मध्येबाट ५५ रुपैयाँ प्रतिसेयरका दरले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आगामी माघ २ गते देखि सो मात्राको लाभांश रकम आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भएको छ । कम्पनीले वितरण गर्न लागेको उक्त लाभांश रकम अहिलेसम्म वितरण गरिएको लाभांश रकम मध्ये सबैभन्दा बढी हो ।

साथै, सभाले सर्वसाधारण शेयरधनी मध्येबाट निर्वाचित हुने सञ्चालकको कार्यकाल ३ वर्ष वा नियुक्ति भएको मिति देखि तीन वटा साधारणसभा बस्ने मिति मध्ये जुन पहिलो हुन्छ, सो मितिसम्म मात्र हुने व्यवस्था गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा खुद मुनाफा १५ अर्ब ३७ करोड रुपैयाँ कमाएको छ । साथै, गत आवको तुलनामा १७.२३ प्रतिशतले ग्राहक संख्यामा वृद्धि भई १ करोड ७६ लाखभन्दा बढी ग्राहकहरूलाई सस्तो तथा भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउन कम्पनी सफल भएको सभामा जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.