गुहेश्वरी मर्चेण्ट बैंकिङ्गकाे १५ प्रतिशत बोनस सेयर पारित, हकप्रद किन्नेले पनि पाउने

  २०७४ पुष ३० गते १६:१३     विकासन्युज

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.को सेयरधनीलाई १५.७९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । आइतबार(आज) सम्पन्न संस्थाको १६औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरे बमोजिम संस्थाले आ.व. २०७३/०७४ को नाफाबाट १५.७९ प्रतिशत बोनस सेयर दिने भएको छ । उक्त सेयर हालै निष्काशन भई बाडँफाँड गरिएको ४० प्रतिशत हकप्रद सेयरमा समेत प्रदान हुने गरी पारित भएको सभामा जानकारी गराइएको छ । अर्थात संस्थाकाे ४० प्रतिशत हकप्रद किन्नेले पनि सो मात्राको बोनस सेयर पाउने संस्थाले बताएको छ ।

उक्त बोनस पश्चात संस्थाको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुगेको छ । हाल सम्ममा निक्षेप २ अर्ब ७७ करोड रुपैयाँ तथा कर्जा २ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । साथै, सोही अवधिमा संस्थाले १ करोड ३९ लाख रुपैयँँ संचालन मुनाफा कमाउन सफल भएको संस्थाबाट जारी विज्ञप्तीमा उल्लेख छ ।

हाल सम्म यस संस्थाको आठ वटा शाखा कार्यालय रहेको छ । साथै, संस्थाले आगामी दिनमा थप दुई शाखा कार्यालयहरु खोल्ने तयारी गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.