मञ्जुश्री फाइनान्सले ६ प्रतिशत बोनस र ५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

  २०७४ पुष ३० गते १३:४३     विकासन्युज

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, फाइनान्सले कर प्रयोजनको लागि ०.३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र कम्पनीका सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

साथै, यस संस्था ५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रक्रियामा रहेको छ । फाइनान्सले सो मात्राको हकप्रद जारी गर्नको लागि संस्थाको विशेष साधारणसभाले अनुमोदन तथा धितोपत्र बोर्डले अन्तिम स्विकृती दिनुपर्ने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ७२ करोड ४३ लाख ७८ हजार रुपैयाँ रहेको छ । उक्त पुँजीमा कम्पनीले ६ प्रतिशत बोनस र ५ प्रतिशत हकप्रद सेयर दिने कम्पनीको प्रस्ताव रहेको छ । प्रस्तावित बोनस तथा हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ८० करोड ४० लाख रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.