लडर्स मोबाइल गेम २०१७ को उत्कृष्ट, खेलाडीको संख्या ९० लाख

  २०७४ पुष ३० गते ११:४४     विकासन्युज

काठमाडौं । “सबैेभन्दा प्रतिस्पर्धात्मक गेम” भनेर २०१६े मा उपाधि पाएको लर्डस् मोबाइल गेमलाई २०१७ मा “उत्कृष्ट मल्टिप्लियर अनलाई गेम” को उपाधिका लागि मनोनित गरिएको छ । यो गेम गृगल प्लेमा “सम्पादकको छनोट”े को विधामा पनि परेको छ ।

२०१६ मा विश्वभरका ६५ लाख खेलाडीहरुले खेलेको यो गेम हाल २०१७ मा विश्वभरका खेलाडीहरु बढेर ९० लाख पुगेको छ । यसको रेट गृगल प्लेमा ४.५ रहेको छ ।

लर्डस् मोबाइल गेम उत्पादक कम्पनी आइ गट गेमस् हो । एप ऐनीको अनुसार “लर्डस् मोबाइल” गेमले एप स्टोर, आईओएस र गृगल प्लेमा अत्याधिक गर्सिप प्राप्त गरेको छ । गृगल प्लेमा यो गेम गर्सिप चार्टको दोस्रो स्थामा रहेको छ र तेस्रो स्थानमा सोही गेम कम्पनिको अर्को गेम “क्ल्यस अपm कल्यान” परेको छ । क्ल्यस अपm कल्यान पनि गृगल प्लेमा “सम्पादकको छनोट”को विधामा यरेको छ ।


४० नायकहरु रहेको यस गेममा सबै नायकहरुको विभिन्न क्षमता , विशेषता , डिजाईन र सबैको पृष्ठभुमि भिन्न रहेको छ । यो रणनीति भिडियो गेम र व्यापक मल्टीप्लेयर अनलाइन गेम हो । यो गेम उत्पादक कम्पनी आइ गट गेमस्का अनुसार यसमा भयानाक राक्षसहरु र शक्तिशाली दुश्मनहरुको अराजकतामा रहेका विदेशी जादुई भूमिहरुलाई स्वतन्त्र गराउन आवश्यक नायकको र साथीको छनोट गर्नुहोस् अनि युदमा गई विजय प्राप्त गरी आपmनो समराज्य बनाउनुहोस् । दुश्मनहरुलाई कैद गर्नुहोस् र आपmनो समराज्य बढाउनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.