कलर्सले ल्यायो सेल्फी दुई क्यामेरा भएको स्मार्टफोन, मूल्य साढे १२ हजार

  २०७४ पुष २८ गते १९:२५     विकासन्युज

काठमाडौं । कलर्स मोबाइलले अगाडी दुई क्यामेरा भएको ‘एस ११’ स्मार्टफोन बजारमा ल्याएको छ । राजधानीमा शुक्रबार एक कार्यक्रमबीच कम्पनीले उक्त मोबाइल सार्वजनिक गरेको हो ।

एस सिरिज समूह अन्तर्गत मोबाइल नयाँ ढाँचाको अत्याधुनिक रहेकोे कम्पनीको भनाइ छ । कम्पनीको अनुसार फोनमा मेडियाटेक ६७३७ डब्लु चिपसेट जडान गरिएको छ । फोनको मुख्य विशेषताको रुपमा ८ मेगापिक्सल क्षमताको दुई सेल्फी क्यामेरा हो । ती क्यामेराहरुको सहयोगले सेल्फी पारखीहरुले बृहत चौडाई फोटो लिन सक्ने कम्पनीले बताएकोे छ । फोनको पछाडीको क्यामेरा ८ मेगापिक्सेलको छ ।

फोनको अन्य विशेषताहरुमा ३ जिबी रर्याम र १६ जिबी रोम रहेको छ । फोनको सञ्चालन एण्ड्रोइड एन (नउगाट ७.०) बाट गरिएको टेलिटक प्रालिका निर्देशक प्रतिक जालानले कार्यक्रममा बताए । उनका अनुसार अत्यन्त चौडाई उक्त फोन ५.२ इन्चको स्क्रिनमा उपलब्ध छ । एउटा एसडि कार्डसहित डुवेल सिम फोनमा प्रयोग गर्न सकिन्छ ।
मिडिया टेक इन्कर्पोरेडका एशिया र अफ्रिकाको कर्पोरेट सेल्स एण्ड बिजनेश डेभलपमेन्टका उपमहाप्रबन्धक आर्थर वाङ, टेलिटकका निर्देशक जालान र दराज केमू प्रालीका प्रबन्ध निर्देशक राजीव अमात्यले संयुक्त रुपमा फोन सार्वजनिक गरेका थिए ।

सोही अवसरमा दराजका प्रबन्ध निर्देशक अमात्यले फोनको अधिकतम् बजार मूल्य १६ हजार ४९५ रहेको बताए । त्यसको बाबजुत पनि दराज डट कम डट एनपि अनलाईनमार्फत खरिद गरेमा १२ हजार ४९५ मा उपलब्ध गराउने उनले बताए । ‘साथै ग्राहकले १२०० एमबि एनसेल डाटा एवं दराजमा अर्को पटकको खरीदमा २५० रुपैयाँ छुटको गिफ्ट भाउचर समेत सित्तैमा ग्राहकलाई उपलब्ध गराउनेछौं,’ उनले भने ‘अर्को हप्ताको सुरुदेखि दराजले मोबाइल डेलिभरि गर्न प्रारम्भ गर्नेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.