रुरल माइक्रोफाइनान्सले १५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर दिने

  २०७४ पुष २८ गते १८:४४     विकासन्युज

काठमाडौं । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर दिने भएको छ । शुक्रबार सम्पन्न कम्पनीको १९औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको सो प्रस्तावलाई पारित गरेको हो ।

साथै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट संचालकमा मिलनकुमार राई र भिमप्रसाद तिमल्सिनालाई निर्विरोध चयन गरेको छ ।

यस संस्थाको अधिकृत पुँजी एक अर्ब रुपैयाँ र चुक्ता पुँजी ७२ करोड ६७ लाख रुपैयाँ रहेको छ । माइक्रोफाइनान्सले आव २०७३/७४ को अन्तसम्ममा २१ अर्ब ३९ करोड ऋण लगानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.