पञ्चकन्यामाई हाइड्रोपावरको वार्षिक २ सय प्रतिशत नाफा बढाउने लक्ष्य, ४ वर्षमा ईपीएस १३.६३ रुपैयाँ पुग्ने

  २०७४ पुष २८ गते १८:००     विकासन्युज

काठमाडौं । पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडले वार्षिक २ सय प्रतिशतले खुदनाफा बढाउन भएको छ । कम्पनीले आउदो ४ वर्षमा खुदनाफा गत आर्थिक वर्ष ०७३/०७४ को तुलनामा ७९७ प्रतिशत बढाएर बढाएर १४ करोड ९८ लाख रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ ।

एक वर्षदेखि बिजुली उत्पादन थालेका कम्पनीले आयोजना बनाउदा लिएको कर्जा विस्तारै भुक्तानी गर्दै आउदो ४ वर्षमा नाफा बढाएर १४ करोड ९८ लाख रुपैयाँ पुर्याउने भएको हो ।

गत आवमा कम्पनीको नाफा १ करोड ६७ लाख रुपैयाँ थियो ।कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासनका लागि गरेको प्रक्षेपणअनुसार चालु आवमा नाफा ७ करोड ६२ लाख, आगामी वर्ष ०७५/०७६ मा १० करोड, ०७६/०७७ मा १२ करोड ४५ लाख रुपैयाँ खुदनाफा गर्ने भएको छ ।

 

 

नाफा बढ्दै गएपछि कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढ्ने भएको छ । आगामी आव ०७७/०७८ मा ईपीएस बढेर १३ रुपैयाँ ६३ पैसा पुग्ने छ । गत आवमा ईपीएस १.९१ प्रतिशत थियो । चालु आवमा ६.९३, आगामी आवमा ९.१६, आव ०७६/०७७ मा ११.३२ रुपैयाँ पुग्ने छ ।
यस्तै कम्पीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले माघ ५ गतेदेखि ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द माघ १९ गतेसम्मपछि हुनेछ । न्युनतम २० र अधिकतम ५ हजार ५ सय कित्तासम्म दरखास्त दिन पाउने कम्पनीले जनाएको छ । स्थानियबासिन्दाको आईपीओ बाँडफाँडपछि सर्वसाधारणलाई निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

आयोजना प्रभावित स्थानीय बासिन्दालाई निष्कासन गर्न लागेको आईपीओ मध्ये सन्दकपुर गाउँपालिकाका स्थानियबासिन्दालाई ६ करोड ६ लाख रुपैयाँ बराबरको ६ लाख ६ हजार र इलाम नगरपालिकाका बासिन्दालाई ४ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ पाउने निष्कासन तथा बिक्रीप्रवन्धक सनराइज क्यापिटलले जनाएको छ ।

सेयर बाँडफाँड भएको मितिले ३ वर्षसम्म बिक्री र हस्तान्तरण गर्न नपाइने व्यवस्था गरिएको सनराइजले जनाएको छ । कम्पनीले १२ मेगावाटको अप्परमाई आयोजनाबाट ०७३ असार ९ गतेदेखि र ६.१ मेगावाटको अपरमाई सीबाट गत भदौदेखि बिजुली उत्पादन भएको हो ।
दुई आयोजनाको जडित क्षमता १८.१ मेगावाट छ । आयोजनाको मुख्य स्वामित्व प्रतिष्ठित व्यवसायीक घरना पञ्चकन्या ग्रुपको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.